बेनाली मोटरसाइकल अब नेपालगञ्जमा |
नेपालगञ्ज । बेनाली मोटरसाइकल अब नेपालगञ्जमा पनि उपलब्ध हुने भएको छ । शनिबार बेनाली मोटरसाइकलको आधिकारिक बिक्रेता गोरखा इन्टरप्राईज, बेनालीको शोरुम कारकादो, नेपालगञ्ज–१८ मा उद्घाटन हुने भएको छ । उक्त उद्घाटन समारोहमा बेनालीका ब्राण्ड एम्बेसडर अनमोल केसीको उपस्थिती रहेको थियो ।
बेनाली एउटा विश्व प्रसिद्ध पुरानो ईटालियन मोटरसाईकलको ब्राण्ड हो । जुन बर्षौदेखि ग्राहकको चाहनामा रहेको र चालकको रोजाईमा रहेको पाइन्छ । यो मोटरसाईकलको अत्याधिक मात्रामा बजारमा माग रहेको र अनुभवी चालकको पनि चाहना तथा आरामदायिक रहेको छ । नयाँ सुविधाको आधारमा शहर बजारमा विभिन्न किसिमका मोटरसाईकल रहेका छन् । जुन १३५–६०० सि।सि। को रेञ्जमा गोरखा इन्टरप्राईजद्वारा उपलब्ध रहनेछन् ।
बेनालीका अध्यक्ष सौरव जे।बि। राणाले भने, नेपालमा पाईने यी मोडलहरुमा शक्तिशाली इञ्जिन हुनुका साथै शक्तिशाली प्रदर्शनको लागि इटालियन अनुभवलाई आत्मसाथ गरेको र सुपथ मुल्यमा उपलब्ध हुने बताएको छ ।
बेनालीको शोरुमकोे उद्घाटनले नेपालगञ्ज विश्वस्तरीय मोटरसाइकलको प्रदर्शन गर्नेछ र हामी आशावादी छौ कि यसले बजारको मोटरसाईकलको माग र चालकको चाहना परिपूर्ति गर्नेछ ।
यसै सन्दर्भमा गोखा इन्टरप्राईजका सञ्चालक एएम् बागवान गुप्ता भने, ‘नयाँ शोरुम भनेको राज्यको एउटा कला हो । हामी उच्च सीपमुलक र प्रबिधियुक्त मोटरसाईकलका पाट्र्सहरु सुपथ मुल्यमा उपलब्ध गराईन्छ’ हामी ग्राहकको सेवामा सदैव तत्पर भएर सुविधायुक्त तथा गुणस्तर सेवाको लागि उच्च प्राथमिकता दिनेछौं ।