साईमेक्स इंकले नेपालभर गर्यो बीवाइडीको १०० युनिट डेलिभरी पूरा
काठमाडौ । बीवाइडी र साईमेक्स इंकले नेपालभर १०० विद्युतीय गाडी डेलिभरी गरेको छ। बीवाइडीको ३०औं वार्षिकोत्सव र १ करोडौं एनइभी विश्वव्यापी उत्पादनको अवसरमा कम्पनीले साे उपलब्धि हासिल गरेकाे हाे । यसले नेपाललाई दिगो यातायाततर्फ उन्मुख गराउने प्रयासलाई अझ बलियो बनाउँदै हरित भविष्यप्रतिको बीवाइडीको प्रतिबद्धता देखाएको कम्पनीकाे भनाइ छ।
यस उपलब्धिले बीवाइडीको विश्वव्यापी अटोमोटिभ इंडस्ट्रीमा भएको क्रान्तिकारी नेतृत्व र नेपालमा यसको बढ्दो प्रभावलाई झल्काउनुका साथै वार्षिकोत्सवको अवसरमा १०० विद्युतीय गाडी डेलिभरीले नेपालको दिगो यातायात समाधानप्रतिको रुची र बीवाइडीको प्रविधिमाथि ग्राहकहरूको विश्वास प्रस्ट्याएकाे समेत कम्पनीले बताएकाे छ ।
विश्वव्यापी रूपमा, बीवाइडी १ करोड एनइभी उत्पादन गर्ने पहिलो गाडी निर्माता बनेको छ । कम्पनीका अनुसार यसले नवप्रवर्तन, दिगोपन, र शून्य उत्सर्जन तर्फको भविष्यप्रतिको प्रतिबद्धता प्रमाणित गरेकाे छ।
कम्पनीले एक विज्ञप्तीमा जारी गर्दै लेखेकाे छ,”नेपालले हरित भविष्य अँगाल्दै गर्दा, साईमेक्स इंकले बीवाइडी का बीवाइडी एट्टाे ३, बीवाइडी डल्फिन, र बीवाइडी सिल जस्ता आधुनिक मोडलहरू प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ। यी गाडीहरूमा अत्याधुनिक ब्लेड ब्याट्री प्रविधि, सुरक्षाको उच्च स्तर र उत्कृष्ट प्रदर्शनको कारणले नेपाली ग्राहकहरूको रोजाइमा परेका छन्।”
“बीवाइडीको ३०औं वार्षिकोत्सवमा नेपालभर १०० गाडी डेलिभरीको उपलब्धि हाम्रो लागि गर्वको क्षण हो। यो हाम्रो टोलीको मेहनत र ग्राहकहरूको विश्वासको प्रमाण हो। संगसंगै, हामी नेपालको दिगो यातायाततर्फ यात्राको गति बढाउन मदत गर्दैछाैँ,” कम्पनीले उल्लेख गरेकाे छ ।
कार्यक्रममा, साईमेक्स इंकका नेस्नल सेल्स प्रमुख अशुतोष गौतमले भने,”बीवाइडी र साईमेक्सले यस महत्त्वपूर्ण उपलब्धि मनाउँदै नवप्रवर्तन, पूर्वाधार विस्तार, र समुदाय–केन्द्रित पहलहरूमार्फत् नेपालमा हरित यातायातलाई अघि बढाउने प्रतिबद्धता देखाएको छ। यो सफलता नेपालको दिगो विकास र सफा अनि हरित भविष्यको लक्ष्यहरू प्राप्त गर्ने उदेश्यको एउटा महत्त्वपूर्ण कदम हो।”