कृषिलाई व्यवसायिक बनाउने गरि कृषि विकास रणनीति परिमार्जन गर्नुपर्छ: कृषिमन्त्री अधिकारी
काठमाडौ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि विकास रणनीतिलाई समय अनुकुल परिमार्जन गर्न जरुरी रहेको बताएका छन् ।
कृषि विकास रणनीति कार्यान्वयन समिक्षा र परिमार्जनका लागि काठमाडौंमा आयोजित अन्र्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले मुलुक संघीयतामा जानू अघि लागु गरिएको रणनीतिलाई संघीयता अनुकुल परिमार्जन गरिनुपर्छ भने । जिबिकोपार्जनका लागि कृषि कर्म गर्नेहरुलाई पनि व्यवसायिक कृषिमा ल्याउन सक्ने गरि कृषि विकासको रणनीति परिमार्जन आवश्यक रहेकोमा मन्त्री अधिकारीले जोड दिए ।
मन्त्रीअधिकारीले संघीयता लागू भैसकेपछी कृषिको प्राबिधिक क्षमतामा विकास हुनुपर्ने अपेक्षा थियो तर किसानले आवश्यकतामा समयमै कृषि प्राविधिक पाउन सकिरहेका छैनन– भने । कृषि क्षेत्रमा बजेट धेरै देखिए पनि अनुदान र मल खरीदमा खर्च हुने गरेकाले कृषिको समग्र विकासका लागि कृषि क्षेत्रमा थप वजेट आवश्यक रहेकोमा पनि मन्त्री अधिकारीले जोड दिए ।
२०७२ देखि लागू भएको कृषि विकास रणनीति हाल परिमार्जनको चरणमा रहेको छ ।रणनीति परिमार्जनका लागि सातै प्रदेशमा सरोकारवालाहरु बिच छलफल गरि सुझाव लिएको छ । पुर्वसचिब गणेशराज जोशीको सयोजकत्वमा रणनीति परिमार्जनका लागि बिज्ञ समुहले कार्य गरेको छ ।