नशामुक्त नेपालकाे मागसहित काठमाडौं उपत्यका स्तरीय पदयात्रा हुँदै
काठमाडौँ । भगवती मानव कल्याण सङ्गठनले आगामी मंसिर ७ गते नशामुक्ति जनजागरण पदयात्रा गर्ने भएको छ । “नशामुक्त नेपाल, समृद्ध नेपाल”को मूल नारासहित संगठनले काठमाडौं उपत्यका स्तरीय पदयात्राको आयोजना गरेको हो ।
पदयात्राको माध्यमबाट तीन तहका जनप्रतिनिधि एवम् सरोकारवाला निकायलाई ज्ञापन मार्फत देशलाई नशामुक्त घोषित गर्न खबदारी गर्ने छ । पदयात्रामा सयौँ व्यक्तिहरु नशामुक्ति अभियानका अन्तराष्ट्रिय अभियन्ता सिद्धाश्रम–रत्न श्रद्धेय श्री अजय अवस्थीज्यू र नेपाल सरकारका जनप्रतिनिधीहरुको साथमा करिब १० किलोमिटरको पदयात्रामा सहभागी हुनेछन।
कार्यक्रम अन्तर्गत संगठनले नशामुक्त नेपालका लागि हस्ताक्षर संकलन अभियान पनि शुरु गरिसकेको छ । पदयात्रा ललितपुरको मंगलबजार पाटन दरवार स्क्वायर क्षेत्र स्थित कृष्णमन्दिर प्रांगणबाट शुभारम्भ हुनेछ। यस्तै पाटन कृष्णमन्दिरबाट –प्रभात मावि त्यागल– महावौध मन्दिर वकुबहाल–थैना– टंगल– ईति टंगल– प्रयागपोखरी– लगनखेल बसपार्क – नमुना मछिन्द्र मा बि– पाटनहस्पिटल – ईखालखु– पुर्णचन्दी मन्दिर– मानभवन–जावलाखेल –पुल्चोक – ललितपुर महानगरपालिका–मदनस्मारक स्कुल – नः टोल– गाँबहाल– महापाल हुँदै पुन पाटन दरवार स्क्वायर कृष्ण मन्दिरमा नै समापन हुनेछ ।
यस्तै, संगठनले “एक वृक्ष राष्ट्रको नाममा” भन्ने मुल नारासहित २०८१ श्रावणदेखि देशव्यापी १ करोड वृक्षारोपण अभियान सञ्चालन गरेको छ । आम जनसमूदायको सहयोगमा मेचिदेखि महाकालीसम्म जारी वृक्षारोपण अभियान तिब्र रुप अघि बढिरहेको छ ।
संगठन विगत १६ बर्षदेखि नशामुक्ति अभियानमा सक्रिय रुपमा कार्य गर्दै आएको छ । समाजमा व्याप्त धार्मिक आडम्बर, सामाजिक कु–संस्कार तथा राजनीतिक भ्रष्टाचार बिरुद्ध जनचेतना फैलाउँदै जातिभेद–छुवाछुत, बलिप्रथा, दाइजो प्रथा, नास्तिकता, साम्प्रदायिकता, चरित्रहिनता लगायतका कु–संस्कारबाट ग्रसित मानव समाजलाई हाम्रो मुल सनातन संस्कृति ऋषिकालिन परम्परासँग जोड्दै चेतनावान, कर्मवान, सामथ्र्यवान, आत्मवान, परोपकारी, क्षमाशील, त्यागपूर्ण, सौर्य, साहस, पराक्रम लगायत मानवीय मूल्य मान्यताले परिपूर्ण आध्यात्मिक समाज निर्माण हेतु यो संगठन सतत् सक्रिय रहेको छ ।
संगठनले शक्तिचेतना जनजागरण शिविर, योग, ध्यान, प्राणायाम, मन्त्रजप लगायत अष्टांग योग र नवधा भक्तिका क्रमहरु अपनाउँदै नेपालमा हजारौँ व्यक्तिहरुलाई नशामुक्त गरिसकेको छ ।