नेपाल विकासशील मुलुकमा स्तरोन्नति हुँदा धेरै चुनौतिहरु आँउछन्ः सचिव मरासिनी
काठमाडौं । राष्ट्रिय योजना आयोगका सचिव मधुकुमार मरासिनीले नेपाल एलडीसीमा हुँदा पनि धेरै आर्थिक वृद्धिको क्षेत्रमा काम गर्न नसकेको बताए ।
सोमवार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको एफएनसीसीआई इनोभेसन संवाद कार्यक्रममा बोल्दै सचिव मरासिनीले यस्तो बताएका हुन। उनले अतिकम विकसित मुलुक (एलडीसी) बाट नेपाल विकासशील मुलुकको सूचिमा रहँदा आर्थिक सुधार र विकास गर्न सकिने भएपनि नेपालले खासै विकास गर्न नसकेको बताए। उनले नेपाल जस्तै धेरै अतिकम विकसित मुलुकहरु आर्थिक रुपमा माथि पुगेको बताए । नेपाल अतिकम विकसित मुलुक (एलडीसी)बाट विकासशील मुलुकमा रूपान्तरणको तयारीमा रहेको बताए । उनले स्तरोन्ति हुँदा नेपाललाई पुन अतिकम विकसित मुलुकमा नफर्किने र दीर्घकालिन बनाउनुपर्ने चुनौति रहेको बताए ।
उनले भने,‘अतिकम विकसित मुलुक (एलडीसी)बाट नेपाल विकासशील मुलुकमा रूपान्तरणको तयारीमा छौं । तर मुलुक एलडीसीमा हुँदा पनि धेरै आर्थिक वृद्धिको क्षेत्रमा काम गर्न सकेका थिएनौं । नेपाल जस्तै अन्य मुलुकहरु आर्थिक रुपमा धेरै माथि पुगिसके । नेपाल एलडीसीमा केही सुधार हुन्छ भनेर बस्यौं । धेरै फड्को मार्न सकेको देखिएन । आय वृद्धि नहुँदा पनि अन्य दुईवटा सूचकहरुमा सुधार भएकाले स्तरोन्नति हुन लागेका छौं । स्तरोन्नति हुँदा नेपाललाई पुनः अतिमक विकसित मुलुकमा नफर्किने र दीर्घकालिन बनाउने चुनौति छ । त्यसको लागि आधार तयार बनाउन जरुरी छ । मुलुकको व्यापार र नविनतम उद्यमको विकास गर्नु त्यसको आधार निर्माण गर्नु हो । सरकारले नलेजवेस अर्थतन्त्रलाई जोड दिनुपर्छ । सरकारले शिक्षा र स्वास्थ्यमा पनि लगानी गर्ने र निजी क्षेत्रलाई सहुलियत दिनुपर्ने छ । युवाहरुलाई नयाँ इनोभेसनका लागि अवसर दिनुपर्ने छ ।’
उनले मुलुकको व्यापार र नविनतम उद्यमको विकास गर्नु त्यसको आधार निर्माण भएको बताए। उनले सरकारले शिक्षा र स्वास्थ्यमा पनि लगानी गर्ने र निजी क्षेत्रलाई सहुलियत दिन सक्नुपर्ने बताए ।