अमेरिका जाने चिट्ठा डीभीको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् |
काठमाडौं । अमेरिका जाने चिट्ठा ईडिभीको नतिजा आज सार्वजनिक भएको छ । गत असोज १७ गतेदेखि कात्तिक २० गतेसम्म डीभीको आवेदन खुलाइएको थियो । गत वर्ष (२०१९) मा भरेको ईडिभीको नतिजा सोमबार राती १२ बजेदेखि हेर्न सकिने गरी सार्वजनिक भएको छ ।
ईडीभीका बिजेताहरुले सन् २०१९ को अक्टोबर १ देखि अमेरिकाको भिसा प्राप्त गर्न शुरु गर्नेछन् । सन् २०२० को सेप्टेम्बरको अन्त्यसम्ममा भिसा प्राप्त गरिसक्नुपर्ने नेपालस्थित अमेरीकी दुतावासले जानकारी दिएको छ । अमेरिकी सरकारको ईडीभी शाखाले आर्थिक वर्ष २०२० का डीभी विजेताहरुलाई आफ्नो कन्फर्मेसन नम्बर सन् २०२० को सेप्टेम्बरसम्म आफूसँगै राख्न सुझाव दिएको छ ।
नतिजा https://www.dvlottery.state.gov/ मा गएर हेर्न सकिन्छ । डीभी भर्दा दिइएको कन्फरमेसन नम्बरका आधारमा आफूलाई डीभी परेको वा नपरेको जानकारी लिन सकिन्छ ।