नेपाल–भियतनामबीच सीधा उडान हुने, हवाई सेवा सम्झौंता पुनरावलोकन हुँदै |
काठमाडौं । नेपाल–भियतनाम द्विपक्षीय हवाई उडानको टुंगो लाग्दैछ । यो सम्झौंता पुनरावलोकन सहित हस्ताक्षर भएपछि दुई देशको हवाई उडान टुंगो लाग्नेछ । चार वर्षअघि दुई मुलुकबीच हवाई सेवा सम्झौंता भएको थियो ।
दुवै मुलुकमा रहेका बौद्ध धर्मावलम्बी रहेकाले द्विपक्षीय हवाई सम्झौतामा पुनरावलोकन गरेर उडान टुंगो लगाउन लागिएको पर्यटन मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार गौतम बुद्ध विमानस्थललाई केन्द्रित गरेर हवाई सेवा सम्झौंता पुनरावलोकन गर्न लागिएको हो । अहिले नेपाल र भियतनामबीच सीधा उडान छैन ।
काठमाडौं–भियतनाम उडानमा पुनरावलोकन गरी हस्ताक्षरको गृहकार्य भइरहेको बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको भियतनाम भ्रमणमा द्विपक्षीय हवाई सेवा सम्झौंताको पुनरावलोकनसहित हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । ओली यही साता भियतनाम जाँदैछन्।् । हवाई सेवा सम्झौंता अनुसार साताको साताको ९ वटा एकतर्फी उडान गर्न पाउनेछ ।
सम्झौंता अनुसार यो गन्तब्यमा उडान गर्दा साताको २८ सय सीट अक्युपेन्सी कायम गर्न सकिनेछ भने वार्षिक एक लाख ४५ हजार छ सय सिट अक्युपेन्सी कायम गर्न सकिने प्रावधान छ । नेपाल वायुसेवा निगमले एक महिना अघि पाँचवटा नयाँ उडान गन्तब्यको सम्भाव्यता अध्ययनमा भियतनाम समेत थियो । नेपालले अस्ट्रिया, बहराइन, क्रोएसिया, इजिप्ट लगायत ३९ वटा विभिन्न अन्तरराष्ट्रिय गन्तब्यसँग दुईपक्षीय सम्झौंता गरिसकेको छ ।