अन्तरराष्ट्रिय वितरक अवार्ड २०१८ बाट सिप्रदी ट्रेडिङ्ग सम्मानित |
काठमाडौं । टाटा मोटर्स भारतको नेपालका लागि आधिकारिक वितरकको सिप्रदी ट्रेडिङ्गले अन्तरराष्ट्रिय वितरक सम्मेलनमा वर्ष २०१८ का लागि प्रतिष्ठित ‘वर्षको वितरक’ अवार्ड प्राप्त गरेको छ ।
युएइको दुबईमा आयोजना भएको अन्तरराष्ट्रिय वितरक सम्मेलनमा वर्ष २०१८ का लागि प्रतिष्ठित ‘वर्षको वितरक’ अवार्ड प्राप्त गर्न सफल भएको हो । विश्वभरिका वितरकहरुको कार्यहरुको मुल्यांकन गरि विशिष्ट कार्य प्रदर्शन गर्न सफल वितरकहरुको उच्च कदर गर्ने उदेश्यका साथ हरेक बर्ष आयोजना हुने उक्त सम्मेलनमा अलग अलग विधाका विभिन्न पुरष्कारको ब्यबस्था गरिएको थियो ।
वर्षको सर्बश्रेष्ठ वितरकको प्रतिष्ठित पुरस्कारका अतिरिक्त सिप्रदीले नयाँ उत्पादनको परिचय का लागि बर्षको वितरक, सर्वश्रेष्ठ ग्राहक सेवा गरि विभिन्न विधाका अन्य दश पुरस्कार प्राप्त गर्ने सफल भएको छ ।