सनराईज बैंकले कमायो एक अर्ब २२ करोड रुपैयाँ |
काठमाडौं । सनराईज बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ खबै २२ करोड ६० लाख रुपैंया खुद मुनाफा आर्जन गरेको छ । यो बैंकले गत वर्षको सोही अवधिमा कमाएको यस्तो नाफा ९४ करोड २१ लाख रुपैयाँ मात्रै छ ।
यो बैंकले गत वर्षको उक्त समयमा कमाएको नाफा २८ करोड ३९ लाख रुपैयाँले बढी हो । यो बैकको चुत्ता पुँजी ८ अर्ब १५ करोड रुपैयाँ छ । यसले चालू आवको चैत मसान्तसम्मा ग्राहकबाट ७२ अर्ब १९ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । यसबाट बैंकले ६८ अर्ब ८१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
यो बैंकले यो अवधिमा २ अर्ब ३१ करोड रुपैयाँ व्याज मार्फत संकलन गरेको छ । १ अर्ब ३९ करोड व्याजको भुक्तानी दिएपछि बैंकको खुँद व्याज आम्दानी ९२ करोड २३ लाख रुपैयाँ रहेको पनि उल्लेख छ ।
बैंकको पुँजीकोष ७.५२ प्रतिशत, आधारदर १०.४३ प्रतिशत, ६०,औषत व्याजदर ४.३७ प्रतिशत रहेको छ । बैंकको खराव कर्जा अनुपात १.३७ प्रतिशत रहेको छ ।
यसको प्रतिशेयर आम्दानी २० रुपैयाँ ५ पैसा छ भने प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ ५५ पैसा रहेको पनि बैंकले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।