आरविवि मर्चेन्ट बैंकिङ्गद्वारा वित्तीय शिक्षा अभिबृद्धि तालिम आयोजना
काठमाडौं । धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्वन्धी देशव्यापीरुपमा शिक्षा तथा सचेतना अभिबृद्धि गरी लगानीकर्ता सशक्तिकरण गर्ने उद्देश्यले नेपाल धितोपत्र बोर्डले विश्व लगानीकर्ता सप्ताह–२०२४ देशभरी विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ ।
सो अवसरमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले २०८१ साल कात्तिक ११ गते राम नारायण अयोध्या उच्च मा.वि. पिपरा, महोत्तरीमा प्लर्स टुमा अध्यनरत विधार्थीहरु तथा शिक्षक-शिक्षिकाहरुको लागि वित्तीय शिक्षा अभिबृद्धिको लागि सचेतनामूलक कार्यक्रम आयोजना गरि सफलतापूर्वक सम्पन्न गरेको छ ।
उक्त सचेतनामूलक कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड पिपरा शाखाका प्रमुख सन्तोष कुमार ठाकुर र शाखाका कर्मचारी भगवान् चौधरी तथा राम नारायण अयोध्या उच्च मावि, का अध्यक्ष लक्ष्मण मण्डल, सहायक प्रधानाध्यापक सुजय कुमार राय लगायत अध्यनरत विधार्थीहरु तथा शिक्षक-शिक्षिकाहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट कम्पनीको प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेल, बरिष्ठ प्रबन्धक अजय घिमिरे र अधिकृत राम नारायण तिवारीले कार्यक्रम संचालन गरेका थिए । साथै, छलफलमा उठेका प्रश्नहरुको जवाफ अजय घिमिरे तथा राम नारायण तिवारीले दिएका थिए ।