सुन र चाँदीको मुल्यमा यो साता पनि बिश्व रेकर्ड कायम
काठमाडौं । यो साता पनि सुन र चाँदी दुवैको मुल्यले एक पछि अर्को गर्दै बिश्व ब्यापी रुपमा नयाँ रेकर्ड कायम गरेको छ । अन्तर्राष्ट्रिय बजारमा देखिएको द्धन्दको प्रभावसँगै रसियाले अगाडि सारेकोब्रिक्स मुलुकहरुले छुट्टै मेटल एक्स्चेञ्ज स्थापना गर्ने प्रश्तावका कारण
सुनचाँदी जस्ता बुहुमुल्य वस्तुको मुल्य बृद्धिमा टेवा पुगेको बिश्लेषकहरुको भनाई छ ।
नेपाली बजारमा पनि यो साता सुनको मुल्यले रेकर्ड पछि रेकर्ड कायम गर्यो । साताको पहिलो दिन आइतबार हालसम्मकै उच्च रेकर्ड राख्दै प्रति १० ग्राम १ लाख ४१ हजार ४ सय ६० रुपैयाँ रहेको सुनको मुल्य साताको दोस्रो दिन शोमबार पनि पुनः रेकर्ड राख्दै प्रति १० ग्राम १ लाख ४१ हजार ९ सय ७५ पुग्यो । त्यस्तै तेस्रो दिन मंगलबार पनि रेकर्ड राख्दै १० ग्रामको १ लाख ४२ हजार २ सय ३५ पुग्यो भने बुधबार पुनः उच्च रेकर्ड राख्दै १० ग्रामको १ लाख ४२ हजार ९ सय २० रुपैयाँ पुग्यो । त्यसपछिका दुई दिन भने सामान्य घटेको मुल्य साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम १ लाख ४२ हजार ३ सय २० रुपैयाँ पुग्यो ।
यो मुल्य साताको पहिलो दिनको तुलनामा पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम ८ सय ६० रुपैयाँ बढी हो ।
यो साता नेपाली बजारमा चाँदीको मुल्यले पनि रेकर्ड कायम गर्यो । साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ हजार ७ सय ७९ रुपैया पुगेको मुल्यले चौथो दिन सम्म निरन्तर रेकर्ड राख्दै बुधबाकर प्रति १० ग्राम १ हजार ८ सय ३० रुपैयाँ ५० पैसा पुगेर त्यस पछिका दुई दिन भने मुल्इमा सामान्य कमी आई साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम १ हजार ७ सय ७५ रुपैयाँ कायम भयो ।