सेन्ट्रल बिलिङ मोनिटरिङ सिस्टममा ६७ करदाता आए, यसै वर्ष भित्र सय करदाता लाई प्रणालीमा ल्याउने लक्ष्य |
काठमाडौं । सेन्ट्रल बिलिङ मोनिटरिङ सिस्टम (सीबीएमएस) मा ६७ करदाता आवद्व भएका छन् । आन्तरिक राजस्व विभागअन्तर्गतको यो प्रणालीमा विभिन्न क्षेत्रमा ठूलो कारोबार गर्ने फर्म तथा कम्पनी आवद्व भएका हुन ।
विभागको यो प्रणालीमा विभिन्न व्यापारिक प्रतिष्ठानले विक्री गरेका वस्तुको बिल नम्बर र मूल्य स्वतː इन्ट्री हुन्छ । सरकारले चालु आर्थिक वर्ष भित्रमा वार्षिक ३५ करोड रुपैयाँ भन्दा धेरै कारोबार गर्ने करदातालाई यो प्रणालीमा आवद्व गर्ने योजना बनाएको छ । २०७४ मंसिर १ गतेबाट यो प्रणाली कार्यान्वयनमा लगिएको थियो ।
सीबीएमएस प्रणालीको सुरुवातसँगै विक्रेताले जारी गरेको कारोबार विवरण यथार्थरुपमा सार्वजनिक हुने विभागले जानकारी दिएको छ । यसमा खरिद मूल्य समावेश नहुने भएकाले सामानको मूल्यमा भएको अन्तर भने थाहा नहुने विभागको भनाई छ ।