कतार एयरवेजद्वारा आफ्ना प्रिमियम यात्रुहरुका लागि उत्कृष्ट अफर |
दोहा, कतार । कतार एयरवेजले मंगलबार ३० अप्रिल देखि सोमबार ६ मे सम्म फस्र्ट क्लास एवं बिजनेस क्लास यात्राको बुकिङमा यात्रुहरुलाई आफ्नो प्रिमियम यात्राको अद्वितीय अनुभवको निमित्त आमन्त्रण गरेको छ ।
यात्रुहरुले अब कतार एयरवेजको १६० प्रवेशद्वार मध्येको कुनै एक गन्तव्य छनौट गर्दै सम्पूर्ण प्रिमियम दरमा २० प्रतिशतसम्मको छुट र साथै, थप एक सहयात्रीसँग २५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । प्रिभिलेज क्लब सदस्यहरुले पनि आफ्ना सम्पूर्ण प्रिमियम बुकिङमा डबल क्यू प्वाइन्ट प्राप्त गर्न सक्नेछन् ।
कतार एयरवेजका प्रमुख वाणिज्य अधिकारी साइमन टलिङ–स्मिथले भने, “संसारकै सर्वोत्कृष्ट बिजनेस क्लासको रुपमा कतार एयरवेज आफ्ना प्रिमियम यात्रुहरुलाई सुरुवातदेखि अन्तसम्म अविस्मरणीय यात्राको अनुभव प्रदान गर्न हरदम प्रयत्नरत छ र यसले हामीलाई गौरवान्वित बनाउँदछ ।”