नेपाल खुला विश्वविद्यालय र नेपाल प्रेस ईन्स्टिच्यूट बिच सहमति |
काठमाडौं । नेपाल खुला विश्वविद्यालय र नेपाल प्रेस इन्स्टिच्यूट शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्न सहमत भएका छन् । विश्वविद्यालयका उपकुलपति प्राडा लेखनाथ शर्मा र नेपाल प्रेस इन्स्टिच्यूटका अध्यक्ष नीलकण्ठ उप्रेतीबीच उक्त सहमतिपत्रमा हस्ताक्षर भएको छ । दुवै संस्थाबीच असोज २०७६ भित्र स्नातक। स्नातकोत्तर तहको पहिलो सेमेष्टरको अध्ययन प्रारम्भ गर्नेसमेत सहमति भएको छ । उक्त अध्यनलाई स्नातक, स्नात्तकोत्तर हुँदै एमफिल र पीएचडीसम्म लगिने छ ।
पाठ्यक्रम निर्धारण
हाल स्नातक र स्नातकोत्तर स्तरका लागि पाठ्यक्रम विकास गर्ने काम भइरहेको छ । विश्वविद्यालय र इन्स्टिच्यूटबीच इन्ष्टिच्यूटको पनि प्रतिनिधित्व हुनेगरी विषय समिति निर्माण गर्ने, कोर्स डिजाइन गर्ने समेत सहमति भए अनुसार काम थालिएको छ । इन्स्टिच्यूटले विश्वविद्यालयको नियम र प्रक्रियाको अधीनमा रही कोर्स सञ्चालन गर्नेछ । कोर्स सञ्चालन गर्न लाग्ने जनशक्ति र अन्य खर्च विश्वविद्यालयले व्यहोर्ने छ भने कोर्स सञ्चालन गर्न आवश्यक पर्ने स्रोत व्यक्ति इन्स्टिच्यूटले उपलव्ध गराउनेसमेत सहमति भएको छ । स्रोत व्यक्ति विश्वविद्यालयले तोकेको नियमको अधीनमा रहनुपर्ने व्यवस्था सहमतिमा उल्लेख छ ।
विश्वविद्यालय र इन्स्टिच्यूटबीच विश्वविद्यालयका उपकुलपतिको संयोजकत्वमा विश्वविद्यालय र इन्स्टिच्यूटबाट तीन–तीनजना रहने एक संयुक्त संयोजन समिति गठन गरिनेछ । समितिको बैठक प्रत्येक बर्ष कम्तीमा दुईपटक बस्नेछ ।
उद्देश्य
नेपाल खुला विश्वविद्यालयको प्राज्ञिक ज्ञान र नेपाल प्रेस इन्ष्टिच्यूटको आमसञ्चारसम्बन्धी प्रयोगात्मक ज्ञानको संयुक्त मिश्रणबाट दक्ष जनशक्तिको उत्पादन गर्नु यस सहमतिको उद्देश्य रहेको छ ।
विधि र प्रक्रिया
विविध कारणले प्रत्यक्ष कक्षामा सरिक हुन नसक्ने, नेपाल मात्र नभई विश्वको जुनसुकै कुनामा रहेका, जुनसुकै उमेरका व्यक्तिहरुलाई उनीहरुकै अनुकूल समय र गतिमा इन्टरनेटको माध्यमद्वारा अध्ययन पूरा गर्ने–गराउने यस कार्यक्रमको उद्देश्य रहेको छ ।
भर्नाका लागि योग्यता
पत्रकारिता तथा आमसञ्चार संकायबाट माध्यमिक शिक्षा (उच्च) पूरा गरेकाले स्नातक र सोही संकायमा स्नातक गरेकाले स्नातकोत्तरमा भर्ना हुनसक्नेछन् । तर, पूर्वतयारी कोर्स पूरा गर्ने कुनै पनि विषयमा माध्यमिक शिक्षा पूरा गरेका व्यक्ति स्नातक तहमा र सोही प्रक्रिया पूरा गरी स्नातकोत्तर तहमा भर्ना हुन सक्नेछन् । पूर्व तयारी कक्षाको स्वरुप केही समयपछि जानकारी गराइनेछ । शुल्क निर्धारण र अन्य पक्षका सम्बन्धमा पनि निकट भविष्यमै जानकारी गराइनेछ ।
नेपाल प्रेस ईन्ष्टिच्यूटका महासचिव लक्ष्मण हुमागाईले नेपाल प्रेस ईन्ष्टिच्युट तालिम संचालन गर्ने संस्थावाट अव प्राज्ञिक कोर्स संचालन गर्ने संस्थामा रुपान्तरण हुन लागेको जानकारी गराए । उनले वजारको माग अनुसार, वदलिंदो प्रविधिको प्रयोग गर्न सक्ने जनशक्तिको उत्पादन गरिने जानकारी गराए । त्यस अवसरमा नेपाल प्रेस ईन्ष्टिच्यूटका गतिविधिको वारेमा जानकारी दिदै महासचिव हुमागाईले अव जिल्ला जिल्लामा वसेर उच्च शिक्षा अध्ययन गर्न सकिने बताएका थिए । उनले शहर र गाउँमा सूचनाको खाडल रहेजस्तै शैक्षीक खाडल रहेकोमा यस सहमतिले उक्त खाडल कम गर्ने छ, उनले भने, ‘खुला विश्वविद्यालय संगको सहाकार्यले दुर दराजमै वसेर आमसंचार अध्ययनमा उच्च शिक्षा हासिल गर्न सकिने अवसर श्रृजना भएको छ ।’
नेपाल प्रेस ईन्ष्टिच्यूटका अध्यक्ष निलकण्ठ उप्रेतिले नेपाल प्रेस ईन्ष्टिच्यूटले गर्दे आएका कामका अतिरिक्त आमसंचार अध्ययन थप हुने वताए । छिट्टै कोर्स तयारी गरी भर्नाको काम थालिने वताउदै उप्रेतिले भने, ‘कुन तहको अध्ययन गराउने भन्ने विषयमा विश्वविद्यालय र ईन्ष्टिच्यूटले आवश्यक निर्णय लिने छन् ।’ वजारको आवश्यकतालाई पुरा गर्ने जनशक्ति हामी उत्पादन गर्ने बताउदै अध्यक्ष उप्रेतिले खुला विश्वविद्यालयसंग सहकार्य गर्न पाएकोमा हर्ष व्यक्त गर्दे विश्वविद्यालयलाई आवश्यक पर्ने श्रोतव्यक्ति, पाठ्यक्रममा ईन्ष्टिच्यूटले सहयोग गर्न सक्ने वताए ।
घोषणा कार्यक्रममा खुला विश्वविद्यालय सामाजिक तथा शिक्षा संकायका डिन प्राडा रामचन्द्र पौडेलले खुला विश्वविद्यालय प्रमाणपत्र वितरण गर्ने संस्था होइन भन्दै विश्वविद्यालयले निश्चित अवधि कक्षा संचालन गर्ने, प्रयोगात्मक शिक्षा प्रदान गर्ने गरेको वताए । खुला विश्वविद्यालयमा उपलव्ध ई लाईव्रेरी, अन्य सामग्री र प्रयोगात्मक कक्षाका कारण अन्य विश्वविद्यालयका भन्दा स्तरीय विद्यार्थी उत्पादन हुने उनले बताए ।
घोषणा कार्यक्रममा खुला विश्वविद्यालयका उपकुलपति प्राडा लेखनाथ शर्माले खुला विश्वविद्यालय नेपालका लागि नयाँ अनुभव भएपनि विश्वमा स्थापीत हुदै गएको वताए । अव प्रविधिले मानिसलाई एकै कोठामा भेट्न नपर्ने भन्दै उपकुलपति शर्माले भने विभिन्न स्थानमा वसेर पनि कक्षा संचालन गर्न सकिने छ । निश्चित कक्षा, गुणस्तर र परिक्षा पास नभई प्रमाणपत्र पाईदैन भन्दै उपकुलपति शर्माले भने खुला विश्वविद्यालय यस कुरामा अन्य विश्वविद्यालय भन्दा कडा हुने छ । विद्यार्थी कति समय अनलाईन वसेको छ ? कति कक्षा लिएको छ ? उसले कतिको गृहकार्य गरेको छ ? कतिको व्यवहारीक छ सवै कुराको जाँच लिएर मात्र प्रमाणपत्र प्रदान गर्ने उप कुलपतिको भनाई थियो ।
पत्रकारहरुको प्रश्नको जवाफदिदै उपकुलपति शर्मा र अध्यक्ष उप्रेतिले दुई संस्था मिलेर आमसंचार अध्ययनलाई नयाँ उचाई प्रदान गरिने जानकारी गराए । कार्यक्रममा विश्वविद्यालयका विभिन्न संकायका डिनहरु, रेक्टर लागाएत नेपाल प्रेस ईन्ष्टिच्यूटका पदाधिकारीको सहभागीता थियो ।