नख्खु खोलाले बगाएकालाई उद्दार गर्ने साहसी चणिकलाललाई जस्मिन पेन्ट्सको सम्मान
काठमाडौँ । गत असोज १२ गते नख्खु खोलामा आएको बाढीमा परि बगेका दुई जनाको सकुशल ज्यान बचाउने काभ्रे, तेमालका ३३ वर्षीय चणिकलाल तामाङलाई जस्मिन पेन्ट्स प्रा.लि.ले सम्मान गरेको छ ।
हालै एक कार्यक्रम आयोजना गरी जस्मिन पेन्ट्सले तामाङलाई नगदसहित सम्मान गरेको हो ।
तामाङले गरेक यस साहसिक पूर्ण कदमका लागि सम्मान गर्न पाउँदा खुसी लागेको जस्मिन पेन्ट्स प्रा.लि.का कन्ट्री म्यानेजर डिल्लीराम पौडेलले बताए ।
तामाङ एक रङकर्मी भएको नाताले पेन्टस् कम्पनीका लागि गर्वको कुरा रहेको उनले जनाए । ललितपुरमा बस्दै आएका तामाङ रंगरोगनको काम गर्दै आएका छन् ।
चणिकलालले केही दिनअघि नख्खु खोलामा आएको बाढीमा बगेका ६ वर्षीया बालिका मेघना साह र काका राज साहको उद्धार गरेका थिए ।