क्लासिक टेकको ६९२ रुपैयाँमा ४० एमबीपीएसको इन्टरनेट |
काठमाडौं । ईन्टरनेट सेवा प्रदायक क्लासिक टेक प्रालिले जीपीओएन प्रविधिबाट फाईवर ईन्टरनेट सेवा प्रदान गर्न थालेको छ । कम्पनीसँग हाल १०० जीबीपीएसको फाईबर ब्याकबोन रहेको छ । एयरटेरल र टाटाबाट देशका तीन नाकाहरुबाट आफ्नै लगानीमा ईन्टरनेटको ब्यान्डविथ भित्र्याएको छ ।
साथै गुगल, फेसबुक, अकामाई तथा अन्य विभिन्न सर्भरहरु आफैले होस्ट गरेको छ । सर्भर र नेटवर्कको पूर्वाधारको कारणले नै गुणस्तरीय सेवा उपलब्ध गराउन सक्षम भएको विज्ञप्तिमा उल्लेख छ ।
अहिलेसम्म नेपालको ७४ वटा जिल्लामा नेटवर्क विस्तार गर्नुका साथैं २० वटाभन्दा बढी शाखाको स्थापना गरी करीब ८०० दक्ष जनशक्तिहरुका माध्यमबाट निरन्तर रुपले ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको जानकारी दिएको छ ।
ईन्टरनेटको बढ्दो गतिको मागलाई ध्यानमा राख्दै यस कम्पनीले बजारमा ४०, ५० तथा ६५ एमबीपीएसका प्लानहरु ल्याएको छ । कम्पनीले ४० एमबीपीएस गतिको बुलेट–जीप्लान ६९२ रुपैयाँ प्रति महिनाको दरमा वार्षिक ग्राहकहरुलाई उपलब्ध गराउने भएको छ ।
जडान खर्च तथा फाईवर केवलमा शत प्रतिशत छुटका साथैं धरौंटी रकम बुझाउनु पर्ने छैन । यसका साथैं खल्ती पेमेन्ट गेट्वेको माध्यमबाट रिचार्ज गरी यो सेवा लिने ग्राहकहरुलाई ५ प्रतिशतको नगद छुटको व्यवस्था समेत गरिएको छ ।