इडिभी खुल्यो, घरबाटै कसरी भर्ने ?
काठमाडौं । सन् २०२६ का लागि अमेरिकी सरकारले ईडीभी खुला गर्न लागेको छ । ईभीडी कार्यक्रम आज अर्थात् अक्टोबर २, राति ९.४५ (नेपाली समय) बजेदेखि खुल्न लागेको हो ।
यसको आवेदन https://dvprogram.state.gov/ मा नोभेम्बर ५ , (कार्तिक २० गते) नेपाली समय अनुसार राति १०ः ४५ बजे सम्म समयमा जुनसुकै बेला पनि भर्न सकिने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । डीभी कार्यक्रमका लागि हुने छनौट योग्य आवेदकहरू मध्येबाट निष्पक्ष रूपमा गरिने दूतावासले जनाएको छ ।
दूतावासले एकजना व्यक्तिले एउटा मात्र आवेदन भर्नुपर्ने र एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिने जनाएको छ ।
डिभीका लागि आवेदन दिँदा शूल्क तिर्न नपर्ने दूतावासले जानकारी गराएको छ।
कसरी भर्ने ?
आवेदन भर्दा कन्सल्टेन्टको सहयोग लिनु पर्दैन। आवेदनसम्बन्धी सहयोग चाहीएमा परिवारको सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको सहयोग लिन दूतावासको अनुरोध छ।
डिभीको आवेदन https://dvprogram.state.gov/ मा गएर फारम भर्नुपर्छ। आवेदनमा आफ्ना पती/पत्नी र २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानको विवरण राख्नुपर्छ।
फारम भर्दा फोटो हालसालै खिचिएको हुनुपर्ने छ। अघिल्लो वर्षको आवेदनमा प्रयोग गरिएको फोटो यस वर्ष अयोग्य ठहरिने दुतावासले बताएको छ।
सबै विवरणसहित फर्म भरेर सबमिट गरिसकेपछि कन्फर्मेसन नम्बरसहितको पत्र प्रिन्ट गर्नुपर्छ।
डिभी का लागि छनोटमा परे/नपरेको थाहा पाउन कुनै फोन र इमेल नआउने भन्ने हल्लाका पछाडि नलाग्न दूतावासले सचेत गराएको छ। रिजल्ट थाहा पाउन https://dvprogram.state.gov/ गएर आफ्नो कन्फर्मेसन नम्बर राख्नुपर्छ।