आठौ क्लब स्तरीय भलिबल प्रतियोगितामा पुरुष तर्फ गल्कोट र महिला तर्फ धादिङ विजयी
पोखरा । आठौं क्लब स्तरीय क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता मंगलबार सम्पन्न भएको छ ।
पोखरा भलिबल प्रशिक्षण केन्द्र र ए फोर जेड ग्राफिक डिजाइन एण्ड प्रिन्टिङ प्रेसको संयुक्त आयोजनामा असोज ९ गतेदेखि पोखरा नदिपुरको छन्त्याल खेल मैदानमा सञ्चालित प्रतियोगिता पुरुष तर्फ गल्कोट स्पोर्टस् क्लब, वागलुङ र महिला तर्फ धादिङ स्पोर्टस् क्लब, धादिङले उपाधि हात पारेको छ ।
पुरुषतर्फ एपिएफ पोखरालाई ३–० को सोझो सेटमा पराजित गर्दै गलकोटले उपाधि जित्न सफल भयो । गलकोटले एपिएफलाई २५– १९, २५–२० र २५–२२ ले पराजित गर्यो । गलकोटले उपाधिसँगै एक लाख ३० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त पायो । उपविजेतामा बनेको एपिएफ पोखरा ८० हजारमा चित्त बुझाउनुपर्यो। विधागततर्फ उत्कृष्ट सेटर सुजन चोखाल, डिफेन्डर विक्रम भुजेल, स्पाइकर सुरेन्द्र केसी, ब्लकर इन्दु विक, उदयमान सरोज वर्देवा, प्रशिक्षक सुरेन्द्र केसी बन्दा सन्तोष विक सर्वाेत्कृष्ट खेलाडी बन्न सफल भए ।
महिला तर्फ नदिपुर पोखरालाई ३–१ ले पराजित गर्दै धादिङ स्पोट्सले उपाधि हात पा¥यो । पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको धादिङले दोस्रो २६–२८ ले नदिपुरलाई सुम्पिएको थियो । तेस्रो सेट २५–२० र चौथो सेट २५–२१ ले पुनरागमन गर्दै धादिङले उपाधि रक्षा ग¥यो । उपाधिसँगै धादिङले नगद ५० प्राप्त ग¥यो । फाइलनमा पराजित भएको नदिपुरले ३५ हजारमा चित्त बुझायो ।
विधागतर्फ उत्कृष्ट सेटर पूर्णकला खत्री, स्पाइकर पुनम सुनारी, ब्लकर अनिशा रोकामगर, डिफेन्टर सलिना गुरुङ, उदयमान जमुना गुरुङ, प्रशिक्षक विरु लामा बन्दा, निरुता शाही ठकुरी सर्वोत्कृष्ट खेलाडी बनिन् ।
माछापुच्छे गाउपालिकाका प्रमुख मिनबहादुर गुरुङले रेफ्रीलाई वल हस्तान्तर गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख गुरुङले पोखरा भलिबल प्रशिक्षण केन्द्रले आगमी दिनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सकोस भन्दै शुभकामना व्यक्त गरेका थिए ।
त्यसैगरी प्रशिक्षण केन्द्रका संरक्षक पदम श्रेष्ठले खेल क्षेत्रमा भएका समस्या र चुनौतीको बारेमा जानकारी गराएका थिए । उनले एक पालिका एक खेलकुद प्रशिक्षण केन्द्रको स्थापना, नियमक निकायले खेलाडीहरुको अभिलेखिकरण र प्रतियोगितामा आउने खेलाडीलाई पोखरामा आवासको व्यवस्थाको आवश्यकता रहेको उल्लेख गरेका थिए ।
केन्द्रका अध्यक्ष कुलप्रसाद छन्त्याल (कुशल)ले सम्पूर्ण सहयोगीदाताहरु प्रति धन्यवाद व्यक्त गर्दै भलिबल खेलको विकासमा निरन्तर लागि रहने जानकारी गराएका थिए ।
केन्द्रका सल्लाहकार जापान गुरुङले पोखरा भलिबल प्रशिक्षण केन्द्रको स्थापनाको मुल उद्देश्यमाथि प्रकाश पारेका थिए । भने कार्यक्रम संयोजक मनोज खड्काले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा अतिथि तथा कलाकारहरुलाई मायाको चिनोले सम्मान गरिनुका साथै, सहयोगीहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो भने टिकटबाट उठेको रकमबाट मृगौला पीडितलाई नगद २५ हजार सहयोग गरिएको थियो ।
अशोक थापाले सञ्चालन गरेको समापन कार्यक्रम अध्यक्ष कुलप्रसाद छन्त्याल (कुशल)को अध्यक्षतामा भएको थियो ।