वायुसेवा सञ्चालक संघले तत्काल माथिल्लो सीमामा टिकट नबेच्ने
काठमाडौं । वायुसेवा सञ्चालक संघ, नेपालले बाढी-पहिरोबाट क्षतिग्रस्त सडक सञ्जाल सञ्चालनमा नआएसम्म सरकारले तोकेको माथिल्लो सीमाको भाडादरमा टिकट नबेच्ने निर्णय गरेको छ ।
संघका अध्यक्ष समिज कार्कीले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै विपद्को समयमा सर्वसाधारणको हितलाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको जानकारी दिएका हुन् ।