भेटायोद्वारा धमाका अफरहरूकाे घोषणा
काठमाडौं । दशैं नजिकिँदै गर्दा भेटायोले आफ्नो धमाका अफरहरू घोषणा गरेकाे छ। अब भेटायो एप मार्फत दशैंको लागि आफ्नो घरको तयारी गर्न सजिलो हुने भएको छ । चाडपर्वहरूको लागि आफ्नो घर तयार गर्न वा मर्मत गर्न डिजाइन गरिएको छ । सामान्य मर्मतदेखि सरसफाई र लुगा धुने र अन्य धेरै सेवाहरू भेटायाेले दिने भएकाे छ ।
भेटायो एक–स्टप सेवा प्लेटफर्म हो जसले घर मर्मत गर्ने कार्यदेखि प्लम्बिङ, विद्युतीय काम, सिकर्मी, कीट नियन्त्रण, सरसफाई, जस्ता सेवाहरू दिने गर्छ ।
दशैंको विशेष अफरहरू यस्ता छन् :
१. मर्मतका कामहरुः
चाडपर्वहरूको लागि समयमै आफ्नो घरको भान्सा मर्मत गर्दा मात्र एक हजार ३०० रूपैयाँमा मर्मत कार्य गर्न सकिने भएकाे छ । भेटायाेले मात्र २००० रूपैयाँभन्दा कम मूल्यमा र बाथरूम पहिलेको ५ हजार २०० रूपैयाँ रहेकाे अहिले तीन हजार ३८० रूपैयाँ सफा गर्न सकिने भेटायाेले अफर ल्याएकाे छ ।
२. लुगा धुने सेवाहरूः
यस अफर अनुसार ८५ रूपैयाँ प्रति किलोमा सामान्य लुगा धुने र पट्याउने सेवाहरू पाउन सकिनेछ। त्यस्तै, डबल सिरकहरू ४०० रुपैयाँमा सफा गर्ने सेवा उपलब्ध छन् । यसका साथै, ५ थान भन्दा बढी अर्डर भएमा निःशुल्क डेलिभरीको व्यवस्था पनि हुने कम्पनीले जनाएकाे छ ।
३. सफाईका सेवाहरूः
यसैगरी, दशैँ अफर अन्तर्गत 1 BHK सरसफाई तीन हजार रूपैयाँमा, ठूला घरहरूको लागि 2 BHK सरसफाइ (७–सीटरसम्म निःशुल्क सोफा सफा ), 3 BHK सरसफाइ (६–सीटरसम्म सम्म निःशुल्क सोफा सफा) गर्ने अवसर कम्पनीले दिने भएकाे छ । त्यस्तै, सोफाको सफाई पनि ४०० रूपैयाँ प्रति सिटरमा उपलब्ध छ(न्यूनतम ५ सिट) । अर्को, Buy 1 Get 1 अफर पनि पाइनेछ । यसरी, भान्साको सरसफाई बुक गर्दा निःशुल्क चिम्नीको सरसफाई सित्तैमा पाइनेछ।
४. विशेष सफाई छूटहरूः
निःशुल्क आन्तरिक सहित एक हजार ५०० रूपैयाँ (३ फिट सम्म) वा २ हजार ५०० रूपैयाँ(३–५ फिट) मा चिम्नी सफा गर्ने र भान्साको सिसाहरु सफाई गर्ने सेवाहरु समावेश छन् । टायल्स र मार्बल सफाई १२ रूपैयाँ वर्ग फुट (न्यूनतम ५०० वर्ग फुटको ६ हजार रूपैयाँमा), एउटा निःशुल्क बाथरूम सफाई पनि गर्न सकिनेछ।
५. एयर कन्डिसनर र एसएस ट्याङ्की अफरहरूः
एयर कन्डिशनरहरूमा दशैं छुटको साथ आफ्नो उपकरणहरू अपग्रेड गर्न पाइने भएकाे छ। साथै, प्लास्टिक ट्याङ्कीको साटाेमा उच्च गुणस्तरको ब्रान्डेड एसएस ट्याङ्की डेलिभरी सेवा सहित पाइनेछ ।
भेटायोको लक्ष्य घर मर्मत र सेवा बुकिंग सरल र झन्झटमुक्त बनाउनु हो । पूर्ण सफाईको लागि र घर मर्मत गन मात्र भेटायो एपमा केही ट्यापमै सबै कुरा ह्यान्डल गर्न विशेषज्ञ सेवाहरूको विस्तृत दायरामा पहुँच पाउन सकिने कम्पनीले जनाएकाे छ ।