मुग्लिन-नारायणगढ सडक २ फिट भासियाे
काठमाडौं । अत्याधिक वर्षाका कारण नारायणगढ-मुग्लिन सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ ।
नौकिलो भन्ने स्थानमा सडक जमिनबाट २ फिट तल भासिएको छ ।
थप भासिने क्रममा रहेकाले सो स्थानमा ठूला सवारी साधन तत्काल सञ्चालन गर्न नमिल्ने भएको छ । साना तथा हलुका सवारी मात्रै चलाउने सकिने सडक डिभिजन कार्यालय चितवनले जनाएको छ ।