महिन्द्राले ल्यायो ‘महिन्द्रा उत्सव, महिन्द्राको छड्के सलाम १’ योजना, ट्र्याक्टर खरिद गर्दा ‘लाखौँको इनाम’’
काठमाडौं । नेपालका लागि महिन्द्रा अटोमोबाइल र ट्रयाक्टरहरूको आधिकारिक वितरक, अग्नि इन्कर्पोरेटेड प्राइभेट लिमिटेडले हरेक वर्ष जस्तै विश्वकर्मा पूजा, दशैं, तिहार र छठ पूजालाई लक्षित गरि ‘महिन्द्र उत्सव २०२४’ अभियान विशेष योजना ल्याएको छ । यो योजना चाडपर्व अवधिभर २०८१ असोज १ गतेदेखि मंसिर ३० गतेसम्म लागू हुनेछ ।
यस योजना अन्तर्गत महिन्द्रा ट्रयाक्टर खरिद गर्ने ग्राहकहरूले स्क्र्याच कार्ड मार्फत पहिलो मौकामा हात खाली नहुने नगद इनामको छुट प्राप्त गर्नेछन् । साथै बम्पर इनाममा १ लाख, २ लाख र ४ लाख नगद जित्ने थप तिन मौकाहरू प्राप्त गर्ने कुरा कम्पनीले जानकारी दिएको छ।
बम्पर इनाम, ३ जना भाग्यशाली विजेताहरुलाई ‘लक्की ड्र’ कार्यक्रममार्फत छनौट गरी प्रदान गरिने व्यवस्था गरिएको छ । यसका साथै, लक्की ड्र मार्फत दिइने नगद इनाम लोकप्रिय नेपाली अभिनेत्री स्वस्तिमा खड्काको हातबाट हस्तान्तरण हुनेछ र विजेताहरूले औपचारिक भेटघाट कार्यक्रममा अभिनेत्री स्वस्तिमालाई भेट्ने मौका समेत प्राप्त गर्नेछन् ।
कम्पनीले ल्याएको यस वर्षको योजना, महिन्द्रा ट्र्याक्टर मुख्य प्रायोजक रहेको, प्रदर्शनमा आउँदै गरेको नेपाली चलचित्र ‘बेहुली फ्रम मेघौली’सँग पनि जोडिएको छ । चलचित्रमा मुख्य भूमिकमा रहेकी अभिनेत्री स्वस्तिमा खड्का यसै चलचित्रमार्फत निर्माताका रूपमा डेब्यु गर्दैछिन् । चलचित्र घटस्थापनाको दिनमा देशभर प्रदर्शन हुने तालिका रहेको छ ।
यस योजनामार्फत महिन्द्रा ट्रयाक्टरले नयाँ ट्र्याक्टर ग्राहकहरूलाई ट्रयाक्टर खरिदमा विभिन्न छुट तथा इनाम प्रदान गर्दै चाडपर्वको माहौलमा अझ उमङ्ग थप्ने र सम्बन्ध प्रगाढ बनाउने लक्ष्य लिएको छ।