माछापुच्छ्रे बैंकको नाफा १ अर्ब २४ करोड |
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा एक अर्ब २४ करोड रुपैंया नाफा कमाएको छ । बैंकले यो आर्थिक वर्षको चैत मसान्तसम्म कमाएको यस्तो नाफा मात्रै ४५ करोड ९४ लाख रुपैंया हो ।
बैंकले गत वर्षको यही अवधिसम्ममा कमाएको यस्तो नाफा ८५ करोड ४० लाखको तुलनामा यो नाफा ४५.२९ प्रतिशत बढी हो । यो बैंकको निक्षेप ८० अर्ब ९६ करोड रुपैयाँ रहेको छ । यसको कर्जा प्रवाह भने ७४ अर्ब ९६ करोड रुपैयाँ छ ।
बैंकको आधार ब्याजदर चैतसम्ममा १०.५२, पुँजीकोष ७.९६, सीसीडी अनुपात ७७.३६ प्रतिशत रहेको छ । गत त्रैमाससम्ममा यसको प्रति शेयर बजार मूल्य २३९ रुपैयाँ रहेको छ । यसको प्रति शेयर नेटवर्थ १३३.९१ रुपैयाँ रहेको छ ।