सुजुकी मोटरसाईकल तथा स्कुटरका ग्राहकलाई बम्पर योजना |
काठमाडौं । सुजुकी मोटरसाईकल तथा स्कुटर हुने ग्राहकका लागि बम्पर योजना आएको छ । सुजुकी इण्डियाद्वारा उत्पादित विश्व प्रसिद्ध जापानिज ब्राण्डको मोटरसाईकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता भीजी अटोमोबाईल्सले ग्राहकका लागि बैशाख ९ गते देखि १५ गतेसम्म नेपालभर सुजुकीका आधिकारिक शोरुमहरुमा सुजुकी मेगा एक्सचेज मेला शुरु गरेको छ ।
यस योजना अन्तर्गत कुनै पनि ब्राण्डका मोटरसाईकल वा स्कुटर एक्सचेन्ज गरि सुजुकीको नयाँ मोटरसाईकल वा स्कुटर खरिद गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।
यस अन्तर्गत गुडदै नगुड्ने मोटरसाईकल वा स्कुटरलाई न्यूनतम ३० हजार र चालु अवस्थामा रहेका मोटरसाईकल वा स्कुटरलाई बजार मुल्य भन्दा थप १५ हजार रुपैयाँ साथै नयाँ खरिदमा आकर्षक छुटको व्यवस्था रहेको कम्पनीले जानकारी दिएको छ ।
पछिल्लो समय यूवापुस्ता आकर्षित भईरहेको सुजुकी मोटरसाईकल तथा स्कुटरले राम्रो माईलेज दिने तथा अत्याधिक बलियो भएको तथा सुजुकीको नयाँ मोटरसाईकल वा स्कुटरमा ५ बर्षको वारेन्टी रहेको कम्पनीले जानकारी दिएको छ ।