महिन्द्रा ट्राक्टरहरुको लागि विरगञ्जमा नयाँ शोरुम तथा सर्भिस सेन्टरको स्थापाना |
विरगन्ज । अग्नि गु्रपले हालै गन्डक, विरगञ्जमा महिन्द्रा ट्राक्टरहरुको लागि भनी शोरुम तथा सर्भिस सेन्टरको स्थापाना गरेको छ । यो सुविधा सम्पन्न शोरुम अग्निको आधिकारिक शोरुमका रुपमा रहने छ ।
यस शोरुमको समुद्घाटन अग्नि ग्रुपमा कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्मा तथा विरगन्ज नगरपालिकाकी उपमेयर शान्ति कार्कीले सामुहिक रुपमा गरेका थिए । शोरुम समुद्घाटन समारोहमा सरकारी तथा स्थानीय व्यक्तिहरुको उल्लेख्य रुपमा उपस्थिति समेत रहेको थियो । समुद्घाटन समारोहमा कम्पनीका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्माले आगामी कार्यक्रम “महिन्द्रा समृद्धि”को घोषणा पनि गरेका थिए ।
यो कार्यक्रम महिन्द्राले चाँडै नै ल्याउन लागेको नवीन कृषि कार्यक्रम हो । यसले किसानको उत्पादनमा वृद्धि, जीवनमा समृद्धि ल्याउने छ । यसै सिलसिलामा महिन्द्रा समृद्धिको व्यानर पनि समुद्घाटन गरिएको थियो । यस अन्तर्गत अर्पिल महिनाका ५ नयाँ ग्राहकहरुलाई सम्मानित पनि गरिएको थियो । समुद्घाटन समारोह पछि ३ दिनसम्म निːशुल्क सर्भिस क्याम तथा निːशुल्क स्वास्थ्य परीक्षण पनि गरिने छ ।
अग्नि ग्रुपका शाखा प्रमुख प्रमोद कुमार क्षेत्रीका अनुसार शोरुमबाट ग्राहकहरुले महिन्द्राका जेन्यून स्पेयर पार्टस प्राप्त गर्नुका साथै विक्री पछिको सेवा पाउने बताए ।
शाखाको शुभारम्भ पछि विरगन्ज क्षेत्रका ग्राहकहरुले सर्वसुलभ एवं सहज तरिकाबाट कम्पनीको गुणस्तरीय सेवा पाउने छन् । “कम्पनी केवल सवारी विक्री गर्न तर्फमात्र केन्द्रित नभई ग्राहमुखी सेवा, चुस्त सर्भिस तथा स्पेयर पार्टहरुको सर्वसुलभता तर्फ पनि विशेष ध्यान केन्द्र्रित रहेको” विज्ञप्तिमा उल्लेख छ ।