एससीटीले ल्यायो ‘तिर्की दाउ’ अफर, ७७७ रुपैयाँसम्म क्यासब्याक पाउन सकिने
काठमाडौं । स्मार्टचोइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले ‘तिर्की दाउ’ अफर ल्याएको छ । नेपालीहरूको चाड हरितालिका तीज, बडा दशैं र तिहारलाई लक्षित गरी कम्पनीले यस्तो अफर ल्याएको हो ।
यस अन्तर्गत एससीटी-यूपीआई डेबिट कार्ड प्रयोगकर्ताले नेपाली बजारमा सामान खरिद गर्दा पीओएस मार्फत गरिएको प्रत्येक कारोबारमा ७७७ रुपैयाँसम्म क्यासब्याक पाउन सक्नेछन् ।
हालसम्म एससीटी-यूपीआई डेबिट नलिएका ग्राहकले एससीटीसँग आबद्द बैंक वा वित्तीय संस्थामा गएर कार्ड लिन सक्नेछन् । कार्ड सक्रिय गरिसकेपछि ग्राहकले छ महिनाभन्दा बढी समयदेखि प्रयोग नगरिएको एससीटी-यूपीआई डेबिट कार्ड प्रयोग गरी १११ रुपैयाँ क्यासब्याक पाउनेछन् ।
साथै तीन वा सोभन्दा बढी पटक कारोबार गर्ने ग्राहकले ३३३ रुपैयाँ र सात वा सोभन्दा बढी पटक कारोबार गर्नेहरूले ७७७ रुपैयाँ क्यासब्याक पाउने कम्पनीले जनाएको छ ।
हरेक कारोबारको रकम न्यूनतम ५०० रुपैयाँ हुनुपर्ने बताइएको छ । र, एउटा कारोबारलाई मात्र अफरमा गणना गरिने कम्पनीले उल्लेख गरेको छ । नेपाल वा भारतमा यसमार्फत भुक्तानी गर्ने ग्राहकले यो क्यासब्याक पाउन सक्नेछन् ।
यसका साथै प्रत्येक २५०० वा सोभन्दा बढीको कारोबारमा २५० रुपैयाँ क्यासब्याक प्राप्त गर्न सकिनेछ । अफरको विस्तृत जानकारी र शर्तहरू एससीटीको आधिकारिक वेबसाइटमा पाउन सकिनेछ ।
यो अफर १ सेप्टेम्बरदेखि ३१ अक्टोबरसम्म लागु हुनेछ ।