कृषि तथा पशुपन्छी विकास मन्त्री अधिकारी र एडिवीका देशीय निर्देशक काउचोइस वीच भेटवार्ता
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी र एशियाली विकास बैंक (एडिवी) का देशीय निर्देशक आर्नौड काउचोइस सोमवार मन्त्रालयमा भेटवार्ता भएको छ ।
भेटवार्तामा मन्त्री अधिकारीले एडिवीको सहयोगमा संचालन भएका आयोजनाले नेपालको कृषि क्षेत्र, तथा ग्रामीण अर्थतन्त्रको विकास उल्लेख योगदान पु¥याएको भन्दै संचालित आयोजनाबाट राम्रो उपलब्धि हुँदाहुदै पनि केही समस्याहरू पनि रहेकाले यी समस्याहरूलाइ आफुले गम्भीर रूपमा लिएको उल्लेख गर्नूभएको छ , उहाँले भन्नुभयो — आगामी दिनमा संचालन हुने आयोजनाहरूमा क्रमशः समस्याहरू सुधार गर्ने बिषयमा मेरो चासो रहेको छ ।
मन्त्री अधिकारीले नेपाल सरकारले यस आर्थिक वर्ष २०८१/८२ को दशकलाई “कृषिमा लगानी दशक“ घोषणा गरी सरकारी, निजी, सहकारी तथा विकास साझेदारको लगानी वृद्धि गर्ने लक्ष लिएकाले उत्पादनदेखि बजारीकरणसम्मको कृषि इकोसिस्टम सुधार कार्ययोजना कार्यान्वयन गर्ने मन्त्रालयको लक्ष्यमा एशियाली विकास बैंकबाट आवश्यक सहयोग प्राप्त हुनेछ भन्ने अपेक्षा पनि व्यक्त गर्नूभयो ।
कृषि सँग सम्बन्धित उपजहरूको मुल्य श्रृखला विकास तथा प्रशोधनमा गरिने सहयोगले मुल्य श्रृखँलामा विकास भई कृषि उपजको मुल्य अभिवृद्विका साथै मुल्य श्रृखलामा किसानको पहुँच र हिस्सा पनि बृद्वि गर्न मद्दत पुग्ने भएकाले किसानको प्रत्यक्ष हित हुने र ग्रामीण रोजगारी पनि सृजना हुने गरी एशियाली विकास बैकको सहयोगमा नयाँ आयोजनाहरू संचालन हुने छन् भन्ने मैले आशा गरेको छु, मन्त्री अधिकारीले भन्नुभयो ।
बैकका देशीय निर्देशक काउचोइसले आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिदै थप परियोजनका सम्भावना खोज्न तयार रहेको वताउनुभयो ।