लिपमोटरको सी-१० गाडी सार्वजनिक, अटो शो अवधिभर ६७ लाख ९९ हजारमै पाइने
काठमाडौं । इलेक्ट्रिक गाडी उत्पादन गर्ने लिपमोटरको सी १० सार्वजनिक भएको छ । मंगलबार नाडा अटो शोमा नेपालका लागि लिपमोटरको आधिकारिक बिक्रेता साङ्ग्रिला मोटर्सले उक्त गाडी सार्वजनिक गरेको हो ।
लिपमोटर स्टेलएन्टिस समूहको प्रमुख इलेक्ट्रिक ब्रान्ड हो । यस समूहले पुजो, सिट्रोन, जिप, मसाराटी, लेन्सिया, अल्फा रोमियोलगायतका ब्राण्ड उत्पादन गर्दै आएको छ ।
चिनियाँ ब्राण्ड लिपमोटरको सी १० को माइलेज प्रतिघण्टा १७० किलोमिटरको टप स्पिड रहेको छ । यसमा पाँचवटा ढोका छन् र पाँचैवटा सिट छन् । गाडीमा ३२० न्युटनमिटर टर्क दिने १६० किलोवाट क्षमताको पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर राखिएको छ । यसमा ६९.९ किलोवाट आवर क्षमताको एलएफपी मोटर रहेको छ । ६.६ किलोवाटको ओबीसी पावर सपोर्ट रहेको छ ।
कम्पनीले यसको नाडा अवधिभरका लागि मात्रै मूल्य सार्वजनिक गरेको छ । कम्पनीका अनुसार नाडा अटो शो अवधिभर ६७ लाख ९९ हजार रुपैयाँमा यो गाडी किन्न सकिनेछ ।
पछि मूल्य समायोजन हुने कम्पनीको भनाइ छ ।