नाडा अटो शो अवधिभर जिकर एक्समा १० लाख छुट
काठमाडौं । भदौ १६ गतेसम्म चल्ने नाडा अटो शोमा लक्जरी एसयूभी जिकर एक्स किन्दा १० लाख रुपैयाँ छुट पाइने भएको छ । मंगलबारदेखि शुरु प्रदर्शनीमा शारडा ग्रुपअन्तर्गतको पायोनियर मोटोकर्पले उक्त गाडी सार्वजनिक गरेको हो ।
रियर ह्विलर र अल ह्विल ड्राइभ भेरियन्टमा सार्वजनिक यस गाडीको मूल्य यसअघि नै क्रमशः ९० लाख र १ करोड ६० लाख रुपैयाँ तोकिएको थियो ।
तर कम्पनीले अटो शोमा विशेष छुट अफर सार्वजनिक गर्दै यस अवधिमा खरिद गर्दा १० लाख रुपैयाँ छुट दिने घोषणा गरेको हो ।