डेभलपमेन्ट बैंकर्स एसोसियसनको साधारणसभा हुँदै, नयाँ नेतृत्व चयन गर्ने |
काठमाडौं । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको १३औं वार्षिक साधारणसभा वैशाख २७ गते हुने भएको छ । एसोसिएसनको चैत २६ गते बसेकोे बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो ।
साधारण सभाको प्रस्तावमा आव २०७४∕७५ को लेखापरीक्षणको प्रतिवेदन पारीत गर्ने र आगामी दुई वर्षको कार्यकालको लागि नयाँ कार्यसमितिको पदाधिकारीहरु चयन गर्ने रहेको छ ।