बुद्ध एयरको भारतमा थप्यो उडान गन्तब्य, साउन १८ बाट काठमाडौं–गुवाहटीमा नियमित उडान |
काठमाडौं । बुद्ध एयरले भारतमा थप एक गन्तब्य थपेको छ । कम्पनीले साउन १८ गतेदेखि काठमाडौं–गुवाहटी उडान गर्ने भएको छ । काठमाडौं–गुवाहटी साताको दुईवटा उडान हुने छ ।
हरेक मंगलबार र शनिबार ७२ सिटे एटीआर विहानको सात बजे उडान गर्ने छ । कम्पनीले यसअघि साताको दुईवटा उडान काठमाडौं–वनारस गर्दै आएको छ । आउँदो जेठ १३ गतेदेखि साताको तीन वटा उडान काठमाडौं–कोलकत्ता गर्ने योजना बनाएको छ ।
कम्पनीले काठमाडौं–गुवाहटी उडानका लागि उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण र भारत सरकारसँगको प्रकृया शुरु गरिसकेको बताएको छ ।
सबै निकायबाट अनुमति आएपछि यो गन्तब्यमा नियमीत उडान सुरु गर्ने कम्पनीले जानकारी दिएको छ ।