ओपोद्वारा बैशाख ९ गते एफ११ प्रो सार्वजनिक गर्ने घोषणा | भोक ३ र दूई आकर्षक ग्राडियण्ट कलर स्किममा फोन सार्वजनिक हुँदै

काठमाडौं । ओपोले नेपालमा बैशाख ९ गते एफ११ प्रो सार्वजनिकगर्ने घोषणा गरेको छ । एफ सिरिज अन्तर्गत सार्वजनिक हुने नयाँ एफ११ प्रोमा भोक ३.० सुपर फास्ट चार्जिङका साथ दूई स्लिक, ग्राडियण्ट रंग र पृथक रियर डिजाइन सहित सार्वजनिक हुने कम्पनीले जानकारी दिएको छ । एफनाइन अन्तर्गतका उत्कृष्ट फिचर्स तथा डिजाइनका साथै फोनमा विभिन्न नवप्रवर्तनात्मक प्रविधितथा ४८एमपी अल्ट्रा क्लियर क्यामेरा प्रणाली, राईजिङ क्यामेरा, पानोरामिक स्क्रिन लगायत पनि उपलब्ध हुने छन् ।
यी विशेषतामार्फत कम्पनीले आफ्ना उपभोक्तालाई आरामदायी तथा उत्कृष्ट प्रयोग अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ । एफ११ प्रो सार्वजनिकका लागि आयोजना हुने कार्यक्रममा नेपाली चलचित्र जगत्की उदयीमान अभिनेत्री स्वस्तिमा खड्काको पनि उपस्थिती रहने कम्पनीले जानकारी दिइएको छ ।

४ हजार एमएएच ब्याट्री सहितको फोनमा कम्पनीद्वारा स्व–विकसित भोक ३.० फास्ट चार्जिङ प्रविधि पनि उपलब्ध गराएको छ । फोनको चार्जिङ तिव्र गतिमा होस् भन्ने चाहना आजभोली सबैमा छ । एफ११ प्रोमा उपलब्ध भोक ३.० ले फोनको चार्जिङका लागि घण्टौँ कुर्नु पर्ने झञ्झटबाट उपभोक्तालाई छुटकारा दिनेछ । यो प्रविधिको सहायताले,मात्र केही क्षणको चार्जिङ बाटै केही घण्टाका लागि पर्याप्त टकटाइम प्राप्तगर्न सकिन्छ ।
भोल्टेज ओपन लुप मल्टि–स्टेप कन्स्ट्यान्ट–करेण्ट (भोक) लाई पहिलो पटक कम्पनीले सन् २०१८मा सार्वजनिक गरेको थियो । यो चार्जिङ समाधानले तिव्र गतिको चार्जिङ मात्र नभइ उपभोक्तालाई फोन तात्ने लगायत समस्याबाट समेत सुरक्षा प्रदान गरेको छ । ओपो एफ११ प्रोका साथमा सार्वजनिक हुने भोक ३.०ले बजारमा उपलब्ध समान ४ हजार एमएएच ब्याट्री क्षमता सहितका फोनको तुलनामा तिव्र चार्जिङ समाधान प्रदान गर्ने कम्पनीको दावी छ । ओापोको नयाँ भोक ३.० चार्जिङ प्रविधिले ट्रिकल चार्जिङ गतिमा भोल्टेज न्यूनिकरण मार्फत सुधार प्रदानगर्दै चार्जिङको लागि लाग्ने समयमा २० प्रतिशतसम्मले न्यूनिकरण ल्याउँछ ।

यो फिचर विशेषगरी स्मार्टफोनको अत्यधिकप्रयोग गर्ने मोबाइल गेमर्सका लागि उपयोगी छ । अहिलेका लोकप्रिय गेमहरुका लागि तुलनात्मकरुपमा अधिक उर्जाको आवश्यकता पर्छ । जसले गर्दा फोनको ब्याट्री खपत तिव्र गतिमा हुन्छ । कहिले काँही यसले गर्दा फोनको चार्जिङ भन्दा डिस्चार्जिङको गति तिव्र हुने गर्छ । जसले गर्दा फोन चार्ज गर्दै गेम खेल्ने सोच पनि ब्यर्थ हुन सक्छ । यस्तो अवस्थामा भोक ३.० गेमर्सका लागि निकै उपयोगी प्रमाणित हुन्छ । यसको सहायताले लामो समयसम्म गेम खेल्न सकिनुका साथै चार्ज गर्दै गेमको मज्जा पनि लिन सकिन्छ ।
फोनको डिजाइनमा कम्पनीले ‘नेचुरल क्रिएसन’ मा आधारित डिजाइन सिद्धान्तको अवलम्बन गरेको छ । यसमा आधारित रहेर नयाँ फोन, ठण्डर ब्ल्याक र अउरोरा ग्रिन गरी दूई आकर्षक ग्राडियण्ट रंगमा उपलब्ध गराउने ओपोले जनाएको छ ।