माछापुच्छ्रे बैंकले ३ अर्बको ऋणपत्र ल्याउने |
काठमाडौं । माछापुच्छ्रे बैंकले दश वर्षे अवधिको ऋणपत्र निष्काशन गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत हरेक वाणिज्य बैंकलाई ऋणपत्र निष्काशन गर्न लगाउने नीति अख्तियार गरेको थियो । सोही नीति अनुरुप वाणिज्य बैंकहरु ऋणपत्र निष्काशनमा जुटेका हुन् ।
माछापुच्छ्रे बैंकले एक हजार रुपैयाँ अंकति दरमा ३ अर्ब रुपैयाँ बराबरको ३० लाख इकाई ऋणपत्र जारी गर्न चैत २७ गते धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बैंकले निष्काशन गर्नै ३० लाख इकाईमध्ये ४० प्रतिशत अर्थात १२ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ भने १८ लाख इकाई व्यक्तिगत तवरबाट बैंकले नै अन्य संघसंस्थालाई विक्री गर्नेछ ।
‘१०.२५ प्रतिशत माछापुच्छ्रे डिबेन्चर २०८५’ नामको ऋणपत्रमा वार्षिक १०.२५ प्रतिशत ब्याजदर भुक्तानी हुने बैंकले जानकारी दिएको छ । ऋणपत्रको निष्काशन तथा विक्री प्रबन्धकको एनएमबी क्यापिटललाई तोकिएको छ ।