सुनको मुल्यमा यो साता पनि नयाँ रेकर्ड कायम
काठमाडौं । यो साता सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेर साताको अन्तिममा फेरी ओरालो लागेको छ । अन्तर्राष्ट्रिय बजारमा देखिएको द्धन्दको प्रभाव, अमेरिकी अर्थतन्त्रमा देखिएको सुधार र शेयर बजारको बृद्धिले सुन बजारमा प्रभाव परेको बिश्लेषकहरुको भनाई छ ।
साताको चौथो दिन अर्थात बुधबार नयाँ उचाइमा पुगेको मुल्य त्यस पछिका दिनमा अल्प समयका लगानीकर्ताले नाफा बुक गर्न थालेपछि भने मुल्य सामान्य घट्यो । नेपाली बजारमा पनि यो साता सुनको मुल्यले रेकर्ड पछि रेकर्ड कायम गर्यो ।
साताको पहिलो दिन आइतबार रेकर्ड राख्दै प्रति १० ग्राम १ लाख ३० हजार ८ सय ३० रुपैयाँ रहेको सुनको मुल्य साताको चौथो दिन बुधबार पुनः हालसम्मकै उच्च अर्थात प्रति १० ग्राम १ लाख ३१ हजार १ सय ७५ रुपैयाँ पुग्यो । त्यस पछिका दिन ओरालो लागेको मुल्य साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम १ लाख २९ हजार ८ सय रुपैयाँकायम भयो । यो मुल्य साताको पहिलो दिनको तुलनामा पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम १ हजार ३० रुपैयाँ कम हो ।
यो साता नेपाली बजारमा चाँदीको मुल्य सामान्य घटेको छ । साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ हजार ५ सय ५२ रुपैयाँ रहेको मुल्य साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम १ हजार ५ सय ५६ रुपैयाँ कायम भयो ।