अमेरिकी डलरको भाउ बढ्यो
काठमाडौं । आज अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज भदौ ७ गते शुक्रबार १ डलरको भाउ (बिक्रीदर) १३४ रुपैयाँ ६३ पैसा कायम भएको छ । यस्तै, खरिददर १३४ रुपैयाँ ०३ पैसा कायम भएको छ । यसअघि बिहीबार १ डलरको भाउ (बिक्रीदर) १३४ रुपैयाँ ५८ पैसा र खरिददर १३३ रुपैयाँ ९८ पैसा कायम भएको छ ।
राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४९ रुपैयाँ ९४ पैसा रहेको छ भने खरिददर १४९ रुपैयाँ २७ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७६ रुपैयाँ ५५ पैसा खरिद दर १५७ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ९० रुपैयाँ २४ पैसा र बिक्रीदर ९० रुपैयाँ ६५ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९८ रुपैयाँ ६३ पैसा र बिक्रीमा ९९ रुपैयाँ ०८ पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।