टिकटकमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटकमा लगाएको प्रतिबन्ध हटाएको छ ।
बिहीबार बसेको मन्त्रीपरिषद बैठकले टिकटकमा लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय हो ।
यसअघि प्रचण्ड नेतृत्वको सरकारले सामाजिक विकृति बढेको भन्दै २०८० कात्तिक २७ गतेदेखि टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।