सिभिल बैंकको लाभांश पारित गर्न दुई आवको साधारणसभा बोलायो |
काठमाडौं । सिभिल बैंक लिमिटेडले वैशाख २७ गते सातौ र आठौ वार्षिक साधारण सभा गर्ने भएको छ । बैंकले शेयरधनीहरुलाई अमृतभोग, कालिका स्थान डिल्लीबजारमा बोलाएको छ । बैंकले आव २०७३∕ ७४ को मुनाफाबाट १० दशमलव २५ प्रतिशत वोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५४ प्रतिशत नगद लाभंश प्रस्ताव गरेको छ ।
बैंकले आव २०७४∕७५ को मुनाफाबाट भने ४ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । साधारण सभामा वार्षिक प्रतिवेदनमा छलफलगरी पारित गर्ने, सर्वसाधाण र संस्थापक तर्फ तिन तिन जना गरी ६ जना सञ्चालक निर्वाचन गर्ने विषय रहेको छ ।