नेशलन हाइड्रोपावरको नाफा साढे २ करोड ऋणात्मक
काठमाडौं । नेशलन हाइड्रोपावर कम्पनीको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा खुद नाफा २ करोड ४९ लाख रुपैयाँ ऋणात्म रहेको छ । अघिल्लो वर्ष ४ करोड ८३ लाख रुपैयाँ नाफा गरेको कम्पनी गत वर्ष भने नोक्सानीमा गएको हो ।
गत असारसम्म कम्पनीको कुल नाफा ७७ लाख ५६ हजार रुपैयाँ रहेको छ । जबकी अघिल्लो वर्ष कम्पनीको कुल नाफा २ करोड ३ लाख रुपैयाँ थियो ।
अघिल्लो वर्ष ४ करोड ६८ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले गत वर्ष भने घटेर ४ करोड २ लाख रुपैयाँ मात्रै गरेको छ । कम्पनीको सञ्चालन नाफा ७० लाख रुपैयाँ ऋणात्मक छ । अघिल्लो वर्ष १ करोड १२ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।
अघिल्लो वर्ष ७२ लाख ३४ हजार रुपैयाँ वित्तीय खर्च गरेको कम्पनीले गत वर्ष ६२ लाख ७२ हजार रुपैयाँ गरेको छ ।
२ अर्ब ४६ करोड ७१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष जगेडा कोष ९८ लाख ६८ हजार रुपैयाँ नोक्सानीमा छ । सेयर प्रिमियममा भने १ करोड ९३ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी १.०१ रुपैयाँ ऋणात्मक छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १००.४२ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १६१.०६ गुणा ऋणात्मक छ ।