सोनापुर मिनरल्स् नोक्सानीमा
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा सोनापुर मिनरल्स् एन्ड आयल लिमिटेडले ४६ करोड ९२ लाख ८६ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २ करोड ६२ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । आम्दानी घट्दा कम्पनीले घाटा व्यहोरेको हो ।
यसअवधिमा यसको आम्दानी ५.२२ प्रतिशतले घटेर १ अर्ब ६३ करोड ९९ लाख ९ हजार रुपैयाँमा आएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब ७३ करोड १ लाख ५७ हजार रुपैयाँ आम्दानी गरेको थियो । साथै, अन्य स्रोतबाट हुने आम्दानी पनि घटेको छ ।
असार मसान्तसम्म आइपुग्दा यस कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा २९ करोड २१ लाख २९ हजार रुपैयाँ जम्मा रहेको छ । सेयर प्रिमियममा १ अर्ब ६५ करोड २३ लाख रुपैयाँ देखिएको छ । यसको प्रतिसेयर आम्दानी १५ रुपैयाँ २६ पैसा ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ भने १६३ पैयाँ २४ पैसा रहेको छ ।