एनआईबीएल एस क्यापिटलमा निːशुल्क डिम्याट खाता खोल्न सकिने |
काठमाडौं । एनआईबीएल एस क्यापिटलले नयाँ वर्ष २०७६ को हार्दिक शुभकामना सहित लगानीकर्ताहरुलाई निːशुल्क डिम्याट खाता खोल्ने सुविधा सञ्चालनमा ल्याएको छ । क्यापिटलले सरकारको ‘एक नेपाली, एक डिम्याट खाता’ अभियानलाई सार्थक बनाउन सो अभियानमा साथ दिएको हो ।
सरकारको ‘एक नेपाली, एक डिम्याट खाता’ अभियानको अन्तर्गत डिम्याट खाता खोल्दा कुनै पनि शुल्क नलाग्ने क्यापिटलले जानकारी दिएको छ । साथै निːशुल्क सेवा सीमित अवधिको लागि मात्र प्राप्त हुने क्यापिटलले स्पष्ट पारेको छ ।
अभियानले विशेषतː पूँजी बजारभन्दा बाहिर रहेका गृहणी, महिला, विद्यार्थी तथा नयाँ लगानीकर्ताहरुलाई फाईदा पुग्ने तथा जनता माझ डिम्याट खाताको पहुँच वृद्धि हुने विश्वास क्यापिटलको छ ।
क्यापिटल लिमिटेडले स्थापनाकाल देखि नै मर्चेण्ट बैकिङ्ग क्षेत्रमा नविनतम सेवा प्रदान गर्नुका साथै लगानी व्यवस्थापन सेवा लगायत अन्य गुणस्तरिय तथा आकर्षक सेवा प्रदान गर्दै आईरहेको छ ।
निːशुल्क डिम्याट खाता अभियानमा खाता खोलेर आफ्नो उत्कृष्ट डिम्याट सेवाको अनुभव गरी लाभ उठाउन क्यापिटलले सबैमा अनुरोध गरेको छ ।