माउन्टेन हाईड्रोको शेयर कारोबार खुल्यो, ओपनिङ्ग रेञ्ज कति ? |
काठमाडौं । माउन्टेन हाईड्रो नेपालको शेयर कारोबार खुला भएको छ । त्यसको लागि नेप्सेले पहिलो शेयर कारोबार गर्न आपनिङ्ग रेञ्ज तोकेको छ । नेप्सेले कम्पनीको शेयरलाई न्युनतम ९३ रुपैयाँ ७५ पैसा देखि अधिकतम २८१ रुपैयाँ २५ पैसा तोकेको हो ।
त्यसको आधारमा पहिलो कारोबार खुलेको छ । माउन्टेन हाईड्रो नेपालको कारोबार संकेत ‘एमएनएचएल’ (MNHL) पाएको छ । कम्पनीले चैत २८ गते बिहीबार एक करोड २५ लाख कित्ता शेयर नेप्सेमा सूचीकरण गराएको थियो ।
माउन्टेन हाईड्रो नेपालले सिद्धार्थ क्यापिटल मार्फत गत फागुन २३ गतेदेखि २८ गतेसम्म आयोजना प्रभावित बासिन्दाबाट अवितरित ५ लाख ६६ हजार ११० कित्ता गरि कूल १८ लाख १६ हजार ११० कित्ता साधारण शेयर निष्काशन गरि चैत ३ गते बाँडफाँड गरेको थियो ।
माउन्टेनले पाँचथर जिल्लामा ४ अर्ब २८ करोड १७ लाख ६ हजार ८३१ रुपैयाँ लागतमा २१.६ मेगावाटको तल्लो हेवा खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।