अपर तामाकोशी हाइड्रोपावरको नोक्सानी घट्यो
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा अपर तामाकोशी हाइड्रोपावर २ अर्ब ६८ करोड ६८ लाख १९ हजार रुपैयाँ नोक्सानमा छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष नोक्सानी घटेको हो ।
अघिल्लो वर्षको यसैअवधिमा यसले ४ अर्ब ९ करोड ८२ लाख १४ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ । आयोजना निर्माण सम्पन्नको अवधि बढ्न जाँदा समग्र आयोजनाको लागत वृद्धि भएको कम्पनीले जनाएको छ ।
यसले ह्रासकट्टी खर्च तथा ब्याज खर्च बढाएकाले त्यसअनुसार विद्युत् बिक्रीबाट आम्दानी बढ्न सक्ने अवस्था नरहेको कम्पनीले जनाएको । फलस्वरुपः त्यसको असर खुद नाफामा अझै केही आर्थिक वर्षसम्म रहिरहने कम्पनीले जनाएको छ ।
यता, विद्युत् बिक्रीबाट हुने आम्दानी ७.९३ प्रतिशतले बढेर ८ अर्ब ७५ करोड २० लाख ९१ हजार रुपैयाँ पुगेको छ । विद्युत् बिक्रीबाट हुने आम्दानी बढ्दा नोक्सानी घटेको हो ।
यसको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ छ । प्रतिसेयर आम्दानी १२ रुपैयाँ ६९ पैसा ऋणात्मक छ । हालसम्म यसको लङ ट्रम लोन १ अर्ब २६ करोड २० लाख १० हजार रुपैयाँ भन्दा धेरै छ ।