हुन्डाईको टेस्ट ड्राइभ एन्ड विन क्याम्पेन सुरु
काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुन्डाई टेस्ट ड्राइभ एन्ड विन’ क्याम्पेन सञ्चालनमा ल्याएको छ ।
हुन्डाईको नेपालभरि रहेका कुनै पनि सोरुममा गई हुन्डाई गाडीको लाइनअपहरू मध्येबाट भर्खरै सार्वजनिक गरिएको नयाँ हुन्डाई क्रेटा र मेड इन नेपाल हुन्डाई भेन्यु टेस्ट ड्राइभ गर्न सक्ने कम्पनीले जनाएको छ ।
प्रत्येक टेस्ट ड्राइभमा सहभागीलाई हात खाली नहुने गरी आकर्षक उपहार राखिएको छ भने साप्ताहिक विजेताहरूले माइक्रोवेभ ओभन र बम्पर विजेताले रेफ्रिजरेटर प्राप्त गर्नेछन् । यो क्याम्पेन दुई साता चल्ने छ।
नयाँ हुन्डाई क्रेटा हालै ६ अगस्तमा सार्वजनिक गरिएको थियो । लक्ष्मी हुन्डाईले नेपालमा २०१५ देखि क्रेटा बिक्री गर्न सुरु गरेको थियो ।
आकर्षक डिजाइन, उत्कृष्ट प्रदर्शन, सबै प्रकारका भू-भागमा सहज चल्न सक्ने क्षमता, प्रायः हरेक उमेरका ग्राहकलाई सुहाउने भएकोले धेरैको रोजाइ र यात्राको साथी बन्न मिड साइज एसयूभी सेगमेन्टमा क्रेटा सफल हुँदै एसयूभी सेगमेन्टमा आफ्नो प्रभावकारी स्थान बनाउन सफल भएको कम्पनीले जनाएको छ ।
५५ लाख ९६ हजार रुपैयाँ प्रारम्भिक मूल्य पर्ने नयाँ क्रेटा विभिन्न भेरियन्टहरूमा उपलब्ध रहेको छ । यसमा ६ वर्षको निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी पाइन्छ।
२८ साउनदेखि सुरु हुने यस क्याम्पेनमा नेपालभरिका इच्छुक महानुभावले आफ्नो ड्राइभिङ लाइसेन्स लिएर आधिकारिक हुन्डाई सोरुममा गई सहभागी हुन सक्नेछन् । यो क्याम्पेनको विजेताको घोषणा साप्तहिक रूपमा लक्की ड्र मार्फत छनोट गरिनेछ ।
चाडपर्व नजिकिँदै गर्दा हुन्डाईको नयाँ क्याम्पेनले ग्राहकलाई विभिन्न हुन्डाई मोडेलहरूको टेस्ट ड्राइभ गर्नका लागि अवसर प्रदान गरी आफ्नो गाडी किन्रे योजनामा थप मद्दत पुग्ने विश्वास कम्पनीको छ ।