गंगनम स्टाइलको रेकर्ड ‘किल दिस लभ’ ले तोड्यो |
दक्षिण कोरियाली पप ब्याण्ड ब्याक पिंकको ‘किल दिस लभ’ बोलको गीतले गंगनम स्टाइल बोलको गीतको रेकर्ड तोडेको हो । साढे दुई दिनमै १० करोडभन्दा बढी भ्यूज बटुल्दै यो गितले रेकर्ड तोडेको हो । यो गित लाई सबैभन्दा छोटो समयमै यु ट्युबमा १० करोड पटक हेरिएको छ ।
पपस्टार साईको कीर्तिमान गीत गंगनम स्टाइलको रेकर्ड तोड्नका लागि यो गीतले केवल २ दिन १४ घण्टा मात्र लियो । यु ट्युबमा अपलोड भएको २४ घण्टामै यो गीत युट्युबमा ५ करोड ६७ लाख पटक हेरिएको थियो । जसले एक दिनमा सबैभन्दा धेरै हेरिएको एरियाना ग्रान्डेको गीत थ्यांक्यूको रेकर्ड पनि तोडेको छ ।
२४ घण्टामै युट्युबमा सबैभन्दा धेरै हेरिएका गीत
- ब्लाक पिंकको किल दिस लभ ː ५ करोड ६७ लाख पटक
- एरियाना ग्रान्डेको थ्याक्यू ː ५ करोड ५४ लाख पटक
- बिटिएसको आइडल ː४ करोड ५९ लाख पटक
- टेलर स्विफ्टको लुक ह्वाट यू मेड टू मी ː४ करोड ३२ लाख पटक
- एमिनेमको किल शट ː ३ करोड ८१ लाख पटक
कीर्तिमानी गीत तयार पारेको ब्लाकपिंक ब्याण्ड सन् २०१६ मा स्थापना भएको हो । यो ब्याण्डका सबै सदस्य महिला छन्, जिसू, जेनी, रोज र लिसा । यसअघि सेप्टेम्बर २०१६ मा पहिलोपटक स्क्वाएर वन नामक पहिलो एल्बम यसले ल्याएको थियो । उक्त एल्बम दक्षिण कोरियामा निकै लोकप्रिय बनेको थियो ।
त्यसपछि सन् २०१८ मा उक्त ब्याण्डले ल्याएको डूडूडूडू बोलको गीत दक्षिण कोरियामा युट्युबमा सबैभन्दा धेरै हेरिएको गीत बनेको थियो ।
पछिल्लोपटक यो ब्याण्डले ल्याएको किल दिस लभ गीतले युट्युब भ्युजको मामिलामा केवल कोरियामा मात्र होइन विश्वव्यापी रुपमै किर्तिमान कायम गर्न सफल भएको छ । यो गीत अंग्रेजी र कोरियन दुवै भाषामा रहेको छ । बीबीसी