ट्वीटरका सीईओको वार्षिक तलब १५५ रुपैयाँ मात्रै |
ट्वीटरका सीईओ ज्याक डोर्सीले सन् २०१८ मा १.४० डलर अर्थात १५५ रुपैयाँ बराबरको तलब पाएका छन् । यो उनको पहिलो तलब हो । डोर्सीले सन् २०१५ मा ट्वीटरको सीईओ पद संहालेका थिए । त्यस समय उनले आगामी ३ वर्षसम्म कुनै तलब वा भत्ता नलिने बताएका थिए ।
उनले सन् २०१८ मा १.४० डलर सांकेतिक तलबका अलावा अरु भत्ता वा सुविधा लिन अस्वीकार गरे । ट्वीटरले रेग्युलेटरी फाइलिङमा यो जानकारी दिएको हो ।
ट्वीटरका सह–सञ्चालक डोर्सीले लामो अवधिसम्म कम्पनीको भलाईको प्रतिबद्वता जनाउँदै तलब नलिने निर्णय गरेका थिए । डोर्सीको कमाई ट्वीटर र मोबाइल पेमेन्ट कम्पनी स्क्वायरमा रहेको उनको शेयरबाट हुने गर्दछ । ब्लूमबर्ग बिलिनियर इन्डेक्सका अनुसार, डोर्सीको नेटवर्थ ५ अर्ब ५० करोड डलर रहेको छ ।
सांकेतिक तलब लिनेमा डोर्सी एक्लो सीईओ भने होइनन । फेसबुकका सीईओ मार्क जुकरवर्गले लामो समयदेखि केबल १ डलर वार्षिक तलब लिदैँ आइरहेका छन् । अल्फावेटका सीईओ लेरी पेजले पनि वार्षिक १ डलर मात्र तलब लिने गर्दछन् ।
एजेन्सी