कोका-कोला सक्षम एक्सिलिरेटर एण्ड मेन्टरशिप प्रोग्राम २०२४ ले गर्यो विजेताहरू घोषणा
काठमाडौँ । कोका-कोलाले एटेलियर प्लेटफर्मसँगको साझेदारीमा, सक्षम एक्सेलेटर र मेन्टरसिप कार्यक्रम २०२४ सफलतापूर्वक सम्पन्न गरेको छ । यो कार्यक्रम कोका-कोला नेपालको महिला सशक्तिकरण अन्तर्गतको सक्षम कार्यक्रमको एक प्रमुख भाग हो जसले नेपालमा महिला नेतृत्वको स्टार्टअप र उद्यमशीलतालाई प्रोत्साहन गर्दछ ।
सक्षम एक्सिलिरेटर एण्ड मेन्टरशिप प्रोग्रामको आह्वान अप्रिल २०२४ मा घोषणा गरिएको थियो भने काठमाडौँ, पोखरा, चितवन, नेपालगन्ज र जनकपुरमा उत्साही महिला सहभागीहरूबाट रोचक विचार र व्यवसायिक योजनाका प्राप्त भएको थियो ।
उक्त कार्यक्रममा बोल्दै बोटलर्स नेपाल लिमिटेडका म्यानेजिङ्ग डाईरेक्टर दीपक सेन्थिल नाथले भने, ‘सक्षम एक्सेलेटर एण्ड मेन्टरशिप प्रोग्रामले नेपालमा महिला उद्यमशीलतालाई बढावा दिन र दिगो विकासलाई अगाडि बढाउने हाम्रो प्रतिबद्धतालाई निरन्तरता दिएको छ । महिला उद्यमीहरूलाई सहयोग गर्नु हाम्रो समुदाय र अर्थतन्त्रको समग्र वृद्धिको लागि महत्वपूर्ण छ । हाम्रा फाईनलिस्टहरूले लिएर आएका योजनाले नेपालको उज्जवल भविष्यका लागि महिलाको भूमिका महत्वपूर्ण हुने देखाएको छ ।’
आवेदकहरूका नवीन विचारहरू र सफलताको सम्भावनाको आधारमा १० असाधारण फाईनलिस्टहरू सावधानीपूर्वक चयन गरिएका थियो । फाइनलमा अर्चना श्रेष्ठ (हाउस अफ पेट्स बाई हिसिसी), इन्दु श्रेष्ठ (पुतली नेपाल), लुनिवा शाक्य (रि-अप स्टुडियो), प्रतिमा बस्याल (पासा-नापा), रचना पौडेल (भर्मिकास्ट अर्गानिक्स), रोजी महर्जन (प्रोजेक्ट ग्रीन सर्कल), सबिना चौधरी (जाइका-ए-काठमाडौँ), सुस्मिता पौडेल (इको रिभाइभ), श्रेया मल्ल (पाल), र श्रेया चोछे (चोछे- धुलिखेल) छनोट भएका थिए ।
कार्यक्रमभर फाइनलिस्टहरूले लिङ्ग, विविधता, समानता, समावेशीकरण जस्ता आवश्यक विषयहरू समेटेर सम्मानित सल्लाहकारहरूको अवलोकनमा रहेर विभिन्न सेशनहरूमा भाग लिएका थिए ।
कार्यक्रममा आफ्नो धारणा राख्दै नेपालमा कोका-कोलाका लागि कन्ट्री डाइरेक्टर चन्द्रिका कालियाले थपिन्, ‘हामी विश्वास गर्छौं कि महिला सशक्तिकरण बलियो समुदाय निर्माणको लागि महत्वपूर्ण छ । सक्षम एक्सेलेटर एण्ड मेन्टरशिप प्रोग्राम धेरै महिलाहरूको लागि आशा र अवसरको ज्योति हो । उनीहरूको यात्रा र उपलब्धिहरू साँच्चै प्रेरणादायी छन् र उनीहरूका सफलताका कथाहरू व्यक्तिगत विजयहरू मात्र नभई नेपालको आर्थिक र सामाजिक प्रगतिका कोशेढुङ्गाहरू हुन् ।’
एटेलियर प्लेटफर्मकी संस्थापक रितु गुरुङले कार्यक्रमबाट सन्तुष्टि व्यक्त गर्दै भनिन्, ‘एटेलियर कार्यक्रम र सक्षमको लागि कोका-कोलासँगको हाम्रो साझेदारीमार्फत हामीले युवा महिला उद्यमीहरूलाई उनीहरूको महत्वाकांक्षालाई वास्तविकतामा परिणत गर्ने अवसरहरू सिर्जना गरिरहेका छौं । उद्यमीहरूले उनीहरूको दृढ सङ्कल्पद्वारा संचालित र ज्ञानद्वारा समृद्ध सफलताको एक जीवन्त चित्र निर्माण गर्दैछन् । महत्वाकांक्षाको प्रत्येक स्ट्रोकले व्यापार नवाचार र रूपान्तरणको नेतृत्व गर्ने सशक्त महिलाहरूको शक्तिशाली छविमा योगदान पुर्याउँछ ।’
नगद पुरस्कार र प्रमाणपत्र कोका-कोला बेभरेज नेपालका प्रबन्ध निर्देशक दीपक सेन्थिल नाथ, कोका-कोलाका अन्य अधिकारीहरू र एटेलियर प्लेटफर्म प्रा.लि कि संस्थापक रितु गुरुङ केसीले प्रदान गरेका थिए । कार्यक्रम जुलाई २६, २०२४ मा एलायन्स फ्रान्काइज काठमाडौँ (एएफके) अडिटोरियम, जावलाखेलमा भएको थियो । सहभागीहरूले आफ्ना विभिन्न नवीन, समसामयिक र प्रतिभाशाली अवधारणाहरू र व्यावसायिक योजनाहरू कुशल व्यवसायीहरूको प्रतिष्ठित निर्णायक मण्डल समक्ष प्रस्तुत गरेका थिए । जजहरूको प्यानलमा ब्लिट्ज मिडिया प्रा.लि की फाउण्डर र म्यानेजिङ्ग डाईरेक्टर र स्टार्ट-अप र इनोभेसन फोरम, एफएनसीसीआईकी चेयरपर्सन, जुना माथेमा, हर्वेद बोटानिकलकी फाउण्डर, डा. प्रतिभा पाण्डे र कोका-कोला बेभरेजेज नेपालकी पब्लिक अफेयर्स, कम्युनिकेशन एण्ड सस्टेनेबिलिटि डाईरेक्टर स्नेह राजभण्डारी थिए ।
निर्णायकहरू द्वारा गहन मूल्याङ्कन पछि, रोजी महर्जनको नेतृत्वमा रहेको प्रोजेक्ट ग्रीन सर्कल, श्रेया मल्ल र शालु थापाको नेतृत्वमा रहेको पाल र प्रतिमा बस्याल र प्रियांशु कायस्थको नेतृत्वमा रहेको पासा नापालाई विजेता घोषणा गरिएको थियो । साथै प्रत्येक व्यवसायले रु १,००,००० को नगद पुरस्कार प्राप्त गरेका थिए ।
महिलाहरूको आर्थिक सशक्तीकरणमा ध्यान केन्द्रित गरेर, कोका-कोलाले समृद्ध र साझा भविष्यतर्फ डोर्याउने पारस्परिक लाभहरू उत्पन्न गर्ने प्रयास गर्छ । यस पहलले महिला, उनीहरूको परिवार र उनीहरूको समुदायको आर्थिक कल्याणका साथै समावेशी व्यापार वृद्धि र विकासलाई पनि बढावा दिन्छ ।