बैंकहरुको खुद नाफा ६४ अर्ब १५ करोड, कुनले कति कमाए ?
काठमाडौं । वाणिज्य बैंकहरुले गत वर्षको असार मसान्तसम्म ६४ अर्ब १५ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यो अघिल्लो वर्षको यसैअवधिको तुलनामा १३.४० प्रतिशत धेरै हो । अघिल्लो वर्ष यिनीहरुले ५६ अर्ब ५७ करोड ४४ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए । यसमध्ये सबैभन्दा धेरै खुद नाफा कमाउने नबिल बैंक रहेको छ । यसले ७ अर्ब ६ करोड रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको तुलनामा १०.२३ प्रतिशत धेरै हो ।
त्यस्तै, ग्लोबल आइएमईले ६ अर्ब १ करोड नाफा कमाएको छ । यसको खुद नाफा भने १०.१३ प्रतिशत घटेको देखिएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५ अर्ब १९ करोड, प्रभुले ४ अर्ब ४८ करोड, प्राइमले ३ अर्ब ७७ करोड र एभरेष्ट बैंकले ३ अर्ब ७० करोड नाफा कमाएको छ । प्रभु बैंकको नाफा १५०० प्रतिशले बढेको हो ।
यता, प्राइमको २६७ प्रतिशतले खुद नाफामा वृद्धि भएको देखिएको छ । १० वटा बैंकको नाफा बढेको छ भने बाँकीको घटेको छ । सबैभन्दा कम नाफा कमाउनेमा माछापुच्छ्रे बैंक परेको छ । यसले जम्मा १ अर्ब २५ करोड नाफा कमाएको रिपोर्ट सार्वजनिक गरेको छ ।
बैकहरुले समग्रमा नाफा बढेको रिपोर्ट सार्वजनिक गरेका छन् । अधिकांश बैंकको इम्पेयरमेन्ट चार्ज घटेको हुँदा नाफामा सुधार आएको हो । सो सँगै खुद ब्याज आम्दानीमा पनि सुधार देखिएको छ ।