एफएनसीसीआईले उद्योग व्यवसायीको समस्या अध्ययन गर्न थिंक ट्याङ्क बनाउने |
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले उद्योग व्यवसायमा देखिएको समस्याको अध्ययन गरेर सरकारलाई प्रतिवेदन बुझाउने बताएको छ ।
महासंघको ५३औं वार्षिक साधारणसभाबाट यो निर्णय भएको हो । विज्ञहरुको समेत संलग्नतामा मुलुकभित्र उद्योग, व्यवसाय लगायत अर्थतन्त्रको विकासका क्रममा देखा परेका पूर्वाधारको समस्या, प्रकृयागत झन्झट, कानुनी अप्ठ्यारा लगायतको विस्तृत प्रतिवेदन बनाएर सरकारलाई पेश गरिने बताइएको छ ।
यो वाहेक विधान संशोधनको मस्यौंदा यथाशिघ्र तयार पारेर सबै सदस्यसँग छलफल गर्ने निर्णय समेत महासंघले गरेको छ । महासंघले उद्योगको पूँजीका आधारमा वर्गीकरण गरेर सामाजिक सुरक्षा ऐन कार्यान्वयन हुनुपर्ने, थिंक ट्याङ्क स्थापना गर्ने लगायतको निर्णय गरेको छ ।