सुजुकीको ‘न्यू वेगनआर’ नेपालमा सार्वजनिक, के के छन् फिचर्स ? |
काठमाडौं । सुजुकीको टलहृयाच ‘अल न्यू वेगनआर’ नेपालमा सार्वजनिक भएको छ । तेस्रो पुस्ताको यो कार आकर्षक मात्रै छैन, किफायती र भरपर्दो पनि छ । नेपालको लागि आधिकारिक बिक्रेता सिजी मोटोकर्पले वागेनआर १.२ लिटर भीएक्सआई (अप्सनल) मोडलको विक्री शुरु गरेको छ ।
यो कारलाई कम्पनीले हार्टटेकको नयाँ प्लेटर्फाममा बनाइएको छ । यो प्लेटर्फमममा कारको आकार र क्याबिन क्याबिन स्पेशमा मात्रै होइन, डिजाइन र ढाँचामा पनि ठूलो दलाव गरेर पस्किएको छ । नयाँ हेड ल्याम्प क्लस्टर, गजबको ग्रिल र सकै प्रकारको मेटल वर्कले सलाई ज्यादै आकर्षक बनाएको छ । यसको चौंडा बडीले पनि धेरैलाई आकषिर्त गर्छ । कारको हेड ल्याम्प र फगलाइट निकै उत्कृष्ट ढंगले परिमार्जन भएको छ ।
टलबोय डिजाइनमा निर्माण भएको यो कार निकै अग्लो छ । यसको ग्राउण्ड क्लेयरेन्स १६५ मिलिमिटरको छ । गाडीको पछाडिको भागलाई निकै उत्कृट फिनिसिङ दिएर सजाएको छ । टेल लाइट प्रिमियम एसयूभीहरुको जस्तै देखिँदा धेरैको आँखा जान्छ । स्टेयरिङ माउन्टेड कन्ट्रोल्सको सुविधाबाट पनि यो सुसज्जित छ । डुअल एयरब्याग, ईबीडीको साथमा एबीएस, रियर पार्किङ सेन्सर लगायतका फिचर्सले यसलाई झन बलियो र सुरक्षित बनाएको छ ।
यो कार चलाउँदा सहज र कम्फर्टेबल महसुस हुन्छ । यसमा ज्यादा सन्तुलन र आरामदायी फिचर्स छन् । चलाउनेलाई मात्रै हैन, यसमा पछाडि बसेर यात्रा गर्नेलाई पनि कार निकै सजिलो छ । वागेनआरको १.० लिटर इन्जिनले २२.५ किलोमिटर प्रतिलिटर र १.२ लिटर इन्जिनले २१.५ किलोमिटर प्रति लिटर माइलेज दिन्छ । कम्पनीले यसको मूल्य २४ लाख ९९ हजार रुपैयाँ तोकेको छ भने १.२ लिटर भीएक्सआईको मूल्य २६ लाख ९९ हजार छ । भीएक्सआई (अप्सनल) वेगनआर २७ लाख ९९ हजार रुपैयाँमा किन्न पाइनेछ ।