आँधी पीडितलाई एनआरएनए युएईको १ लाख सहयोग |
युएई । गैरआवासीय नेपाली संघ (एनआरएनए) युएईले बारा र पर्साका आँधी प्रभावितलाई आर्थिक सहयोग गरेको छ ।
संघले आन्तरिकरुपमा पदाधिकारी र सदस्यहरुबाट संकलित १ लाख रुपैयाँ पीडितलाई सहयोग गरको हो । उक्त रकम गैरआवासीय नेपाली संघको अन्तरराष्ट्रिय समन्वय परिषदको खातामा जम्मा गरिएको एनआरएनए युएईका प्रवक्ता मनु क्षेत्रीले जानकारी दिए ।
यसअघि प्रभावित क्षेत्रका ५ सय परिवारलाई एनआरएन युएईले पहिलो चरणको राहत अन्तर्गत खाद्यान्न सहायता गरेको थियो ।
संघका प्रतिनिधि प्रभावित क्षेत्रमा पुगेर राहत वितरण गरेका थिए । प्रतिपरिवार २५ किलो चामल, ५ किलो आलु, २ किलो दाल, १ लिटर तेल र १∕१ वटा बाल्टिन तथा जग वितरण गरिएको क्षेत्रीले बताए ।